मलेशियामा ३ नेपालीलाई मृत्यु दण्ड, ७ जनाको विचाराधीन

कार्तिक १३ काठमाडौ, रोजगारीका सिलसिलामा मलेसिया पुगेका ३ नेपाली कामदारलाई विभिन्न अपराधमा संलग्न रहेको भन्दै मलेशियाको अदालतले मृत्युदण्डको फैसला गरेको छ ।अरु थप ७ जना नेपालीलाई मृत्युदण्डको फैसला हुने सम्भावना रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।
लागुऔषधको कारोबारमा पक्राउ परेका नुवाकोटका हरिबहादुर घलेलाई मलेसियाको सर्वोच्च अदालतले ५ वर्ष अगाडि नै, मृत्युदण्डको सजाय सुनाएको भए पनि कार्यन्वयन भने भएको छैन ।
घलेलाई बचाउनका लागि दूतावासले कूटनीतिक पहल गरिरहेको मलेसियामा रहेको नेपाली दुतावास स्रोतले हामीलाई जानकारी दिए । त्यस्तै, हत्या आरोपमा पक्राउ परेका सुरजबहादुर सुनार र सुवीर गोलेलाई पनि उच्च अदालतले मृत्युदण्डको फैसला गरिसकेको भए पनि सर्वोच्च अदालतमा फैसला हुन भने बाँकी छ ।
त्यस्तै, हत्या आरोपमा पक्राउ परेका रुपेशकुमार कापर, प्रविनकुमार शर्मा, सुरेन्द्र मुखिया, अमर गुरुङ, अशोक लामा, सुजन श्रेष्ठ र लागू औषधको अपराधमा राजकुमार शाहका विषयमा पनि मृत्युदण्डको माग गर्दै परेको मुद्दामा अदालतमा बहस सकिएको दूतावासले जनाएको छ । ज्यान मारेको अभियोग लागेका सुंगाई उडाङ्ग मलक्कामारहेका, खोटाङ्ग नुनथलाका कमल तामाङ्गको भने कुनै टुंगो लागेको छैन । सुर्खेतका शिंहलाई भने १७ बर्ष जेल सजाय सुनाइएकोमा ५ बर्ष जेल सजाय भुक्तान गरि सकेका छन् ।
अभियुक्तहरूको विषयमा बहस गर्न अदालतमा नेपाली ४ लाखदेखि १० लाख रुपैयाँसम्म अदातलमा धरौटी राख्नुपर्ने भएकाले दूतावासले त्यस विषयमा नेपाल सरकारलाई जानकारी गराइसकेको दूतावासले जनाएको छ ।
दूतावासको स्रोत अनुसार दूतावासले वकिल राखेर जेलमा रहेका नेपाली कामदारको अध्ययन गरेपछि मृत्युदण्ड पाएका र पाउने तयारीमा रहेका कामदारका बारेमा जानकारी भएको हो ।
मलेसियामा ब्लडमनीको व्यवस्था नभएकाले राजाले माफी दिएमा मात्र मृत्युदण्ड रोकिन सक्छ, त्यसो भएकाले सरकारले पहल गर्नुपर्छ ।
दूतावासले गरेको अध्ययनअनुसार मलेसियाको जेलमा २ सय ७० जना नेपाली कामदार छन् । त्यस्तै, २ सय ५८ जना कामदार घर फीर्ति केन्द्रमा रहेका छन् ।

मलेशियाको जेलमा दिइने कोर्रा अर्थात रोतनको झलक फोटो फिचरमा, फोटो फाईल rotan ratan

Leave a Reply

Your email address will not be published. Required fields are marked *