मलेसियाको क्वालालम्पुर मा परदेशी धमाका-३ हुँदै

शान्तिराज राई-मलेसिया १७ जेठ-मुस्लिम धर्मावलम्बीहरुको महान चाड हरिरायाको विशेष अवसर पारी मञ्जरी थिएटर ग्रुपले मलेसियाको क्वालालम्पुरकाे कोताराय शहर स्थित तेस्रो परदेशि धमाकाको आयोजना गर्नेभएको छ।

आयोजक मञ्जरी थिएटर ग्रुपले नेपालको ख्याति प्राप्त चर्चित गायिका , नायिका र स्थानीय कलाकारको बेजोड़ प्रस्तुति सहित जुन २५ तारिख क्वालालम्पुरको कोताराया स्थित उक्त कार्यक्रमको अायोजना गरिएको मञ्जरी थिएटर ग्रुपको अध्यक्ष अमिर माबो र संस्थापक/संयोजक सुन्दर लावतीले जानकारी दिए ।

उक्त कार्यक्रममा दर्शकहरूलाई भरपुर मनोरञ्जन दिनको निमित्त नेपालको ख्याति प्राप्त चर्चित – गायिका , मुना थापा मगर ,चर्चित नायिका माला लिम्बू, गायक उत्तमजङ लिम्बू, निर्देशक तथा चर्चित साहित्यकार प्रकाश आङदेम्वे, हास्यकलाकार यादव देवकोटा (सरापे) मलेसिया आउने भएका छन् ।

प्रवासमा रहेर पनि नेपाली गीत -संगीतमा उदाएका स्थानिय गायक मनिपाल राई ,रमेश बानिया ,गौरब नारायण राई,अमर राई,रबिन गुरुङ,मौसम तामाङ्,विशाल बेघा आदिको पनि प्रस्तुति रहनेछ। साथमा मोडल/गायिका/डान्सर गिता राईको बेजोड प्रस्तुति रहने छ। प्रवासी भुमिका ख्याति प्राप्त प्रतिभालाई स्थान दिदै सो कार्यक्रम पनि विभिन्न विधाका कलकारहरूलाइ एउटा राम्रो उदाहरण र स्थान दिने उद्देस्यले कार्यक्रम आयोजना गरिएको हो ।

त्यस्तै गरी मनोरञ्जन दिनको लागि चर्चित नायिका ,मोडेल,डान्सर र हास्य कलाकारले भव्य प्रस्तुति दिएर दर्शकलाई मनोरञ्जन दिने भएका छन् ।

त्यसै गरी बिभिन्न बिधाका गीतहरू गाएर अन्य कलाकार को पनि भव्य प्रस्तुति रहने भएको छ । प्रवासमा रहेका अन्तर निहित कला प्रतिभा भएर पनि ओझेल मा परेका कलाकारलाई नेपाली संगीतिक मुल धार सम्म ल्याउनका लागी कार्यक्रम आयोजना गरिएको हो भनि कार्यक्रम आयोजक टिमले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *