मलेसियाको मलक्कामा इन्दिरा जोशी सहितका कलाकार को कन्सर्ट हुने

nepali concertअर्जुन काफ्ले-असोज ४  मलेसिया, मलेसियाको मलक्कामा दिपावली कार्यक्रम का लागी नेपाली चर्चित गायिका इन्दिरा जोशी मलेसिया आउने भएकी छन ।

देश परदेश म्युजिक प्रा.ली.ले आयोजना गर्ने दिपावली बिषेश सांगीतिक कार्यक्रममा दर्शक नचाउन गायिका जोशी मलेसिया आउन लागेकी हुन ।

मलक्काको ओसियनमा हुने कार्यक्रममा मलेसियाका स्टेजमा चर्चित बनेका गायक त्रय अमर राइ, मनिपाल राइ र गौरब नारायण राइको समेत प्रस्तुती हुने भएको छ ।

सो कार्यक्रममा डान्सर मेका मगर, हास्यकलाकार प्रताप मुस्कान गायकहरु अनुराग श्रेष्ठ, रमेश बस्नेत, दिपसागर बुढा, दिप थापा, लोक गायक भिम लोहार र ज्ञान सुनार को प्रस्तुती दर्शकले हेर्न पाउने भएका हुन भने मलेसियामा सक्रीय रहेको मन्जरी थ्रीएटर को बिशेष प्रस्तुती समेत सो कार्यक्रममा रहने भएको छ ।

कार्यक्रम का आयोजक पदम गहतराजले दिएको जानकारी अनुसार कार्यक्रमका लागी तयारी थालिएको छ । कलाकार एग्रीमेन्ट देखी हल बुकिङ सम्मका काम सकिएको छ गहतराजले बताए ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES