मलेसिया गएका वलीको मृत्यु

malaysia-1भदौ २८ काठमाडौं । रोजगारीको सिलसिलामा मलेसिया पुगेका घाँजरी पिपल–७ सङ्ग्रहीका ४३ वर्षीय ज्ञानबहादुर वलीको मृत्यु भएको छ ।

एक वर्षअघि रोजगारीका लागि मलेसिया पुगेका वलीलाई आइतबार राति डब्लु.एसएम.कोसोन फाइभ कम्पनीमा ड्युटीमा खटिएको बेला पेट दुखेपछि अस्पताल लगिएको थियो ।

वलीको उपचारकाक्रममा मृत्यु भएको मृतक वलीकी श्रीमती सन्तु वलीले जानकारी दिनुभयो । वलीको शव मलेसियाकै अस्पतालमा रहेकाले उहाँले शव ल्याउनका लागि सहयोग गरिदन आग्रह गर्नुभएको छ । मृतक वलीका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *