महत र ढकाललाई सूचना दीएर पक्राउ गराउनेलाई पुरस्कार

काठमाडौ ८ असार-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही हरिऔन गाविस ९ का लुम्बध्वज महत र मकवानपुरको पालुङ गाविस ५ का उमेशप्रसाद ढकालबारे सूचना दिई पक्राउको लागी सहयोग गर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।

आयोगले कर फर्छ्यौट आयोग २०७१ का पदाधिकारीद्वय महत र ढकालले भ्रष्टाचार गरेको भन्ने उजुरीको अनुसन्धानका सिलसिलामा अख्तियारमा उपस्थित हुन सूचना जारी गरेकोमा हालसम्म उनीहरु संवैधानिक उक्त आयोगको सूचनाको बेवास्ता गरी फरार रहेकाले पक्राउका निम्ति अख्तियारले सर्वसाधारणलाई अनुरोध गरेको जनाएको छ ।

फरार महत र ढकाललाई पक्राउ गर्न सूचना दिई सहयोग गर्ने सर्वसाधारणलाई उचित पुरस्कारको व्यवस्था अख्तियारले गरेको जनाउँदै उनीहरुलाई देख्ने वा फेला पार्ने जो सुकैले अख्तियारको सिधा टेलिफोन नम्बर १०७ वा नजिकको प्रहरी कार्यालयमा सूचना दिन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES