महानगरपालिकाको मतगणना ५ दिन भित्र सक्ने

काठमाडौं २ जेठ- निर्वाचन आयोगले महानगरपालिकाको मतगणना ५ दिन भित्रै  सक्ने बताएको छ । निर्वाचन आयोगले महानगरपालिकाको मतपरिणाम ५ दिनभित्रै आउने गरी जनशक्ति परिचालन गर्ने तयारी भइरहेको जानकारी दिएको छ ।

मतगणना साह्रै सुस्त भएको गुनासो उम्मेदवार र सर्वसाधारणबाट समेत आएको भन्दै जनशक्ति थप गरेर मतगणना छिटो गर्ने जनाएको छ ।  मतदाता धेरै र मतपत्रको आकार ठूलो भएङ्काले मतगणना गर्न ढिलो भइरहेको भन्दै आयोगले अरु समूह विस्तार गर्ने जनाएको छ । मंगलबार बेलुकादेखि नै मतगणना गर्ने टोली थप्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *