माओवादी केन्द्रका पोलिटब्यूरो सदस्यसहित दश जना केन्द्रीय नेता नयाँ शक्ति पार्टिमा प्रवेश

काठमाडौ १३ जेठ-नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्यसहित दश जना केन्द्रीय नेताले पार्टी परित्याग गरेर नयाँ शक्ति पार्टि नेपालमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य निर्मल रतोकी सहित १० केन्द्रीय सदस्यले शनिवार विज्ञप्ति जारी गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

पार्टी परित्याग गर्ने अन्य केन्द्रीय सदस्यहरु बैतडीका दीपक साउद, रामनाथ योगी, भुवनदेव भट्ट, मनिलाल विक र गोपाल रतोकी रहेका छन् ।

यस्तै, अमरसिंह रतोकी (कैलाली), दार्चुलाका रमेश रैथेला र राजेन्द्र बोहरा तथा डडेलधुराका सूर्यप्रकाश भण्डारीले पनि माओवादी केन्द्र परित्याग गरेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *