माओवादी केन्द्रका मन्त्रीहरु बुधबार सिंहदरबार नै गएनन्

काठमाडौ १ कातिक – जिम्मेवारी खोसिएका बिनाविभागीय माओवादी केन्द्रका मन्त्रीहरु बुधबार सिंहदरबार नै गएनन् । मन्त्रालय तोकिएका राप्रपाका मन्त्रीहरु बुधबारैदेखि कार्यालय जाने भएपछि माओवादी मन्त्रीहरु पुल्चोकस्थित मन्त्रीक्वार्टरमै बसेको स्रोतले जानकारी दिएको छ ।

मंगलबारसम्म माओवादी मन्त्रीहरुका नाम रहेका स्थानमा बुधबार कार्यालय समयअगावै नयाँ मन्त्रीहरुको नाम टाँसिएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता सहसचिव हरिप्रसाद पन्थीले बिनाविभागीय मन्त्रीहरुलाई प्रधानमन्त्री कार्यालयमा बस्ने व्यवस्था मिलाइएको भएपनि आदेश नआएकाले अरु व्यवस्था नगरिएको जानकारी दिए ।

मन्त्रिपरिषद कार्यालय स्रोतकाअनुसार बिनाविभागीय मन्त्रीहरु बस्नका लागि मन्त्रिपरिषद कार्यालयको २१८ नम्बर कोठामा कुर्सी, टेबुलको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *