मिलन सिं र चन्द्र रानाहँछाको बेजोड प्रस्तुतिको साथमा अलग अभियानको कात्तिक शृंखला सम्पन्न

ललितपुर- अलग अभियानको कात्तिक शृङ्खलामा गायक तथा सङ्गीतकार मिलन सिं र कवि चन्द्र रानाहँछा सुनिए । सिंले अहिलेका कलाकारहरुलाई धेरै अवसर भएको तर अनुशासनमा ध्यान दिनुपर्ने बताउँदै ‘म हुँ तिम्रो पुजारी’, ‘मायालु भन्दै’, ‘माया तिमीलाई’, ‘भनिदेऊ आज’ बोलका गीत सुनाए । कवि चन्द्रले ‘आमाको सम्झना’, ‘आपाको शालिक’, ‘अपूर्णताको अन्त्यपछि’, ‘हुरी चल्न साथ’, ‘आँधीको यात्रा’ शिर्षकका कविता सुनाए । उनले अलग अभियान साहित्य र सङ्गीतको सङ्गम भएको कारण अलग भएको बताए ।

अतिथिहरुको अलवा अविनाश भट्टराई, सुनिता गिरी, रामगोपाल आँशुतोष, उत्तम लिम्बु लगायतले कविता वाचन गरे भने आभा मुकारुङ, रेवत राई, अन्जना चाम्लिङ, सुरस्मा लामिछाने लगायतले आ-आफ्नो गीत सुनाउँदा मण्डल साम्पाङ, यमकुमार समाल र नाकिमा नाकिमले वाद्यवादनमा साथ दिए । अलग अभियानले हरेक महिना साहित्य र सङ्गीतको शृङ्खला आयोजना गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *