‘मिस पूर्वाञ्चल’को आठौ संस्करणका लागि २६ सुन्दरीहरू छानिए

काठमाडौ ९ भदौ- ‘मिस पूर्वाञ्चल’को आठौ संस्करणका लागि २६ सुन्दरीहरू छानिएका छन् । दमक र धरानमा भएको प्रारम्भिक चरणको अडिसनबाट उनीहरू छानिएका हुन् ।

सिल्भर इन्टरटेनमेन्टको आयोजना हुन लागेको प्रतियोगितामा छानिएका २६ मध्ये २३ जनालाई एक महिने प्रशिक्षण दिएर फाइनलमा सहभागी गराइने बताईएको छ । दमक अडिसनको निर्णयकमा प्रा. राजेन्द्रजंग थापा र हिमशिखर टेलिभिजनका अध्यक्ष धुव्र न्यौपाने र ‘मिस पूर्वाञ्चल २०१५’ की ‘सेकन्ड रनरअप’ प्रमिसा वज्राचार्य थिए । धरान अडिसनमा सञ्चारकर्मी सुरेश राई, ‘मिस पूर्वाञ्चल २०१६’ की ‘फस्र्ट रनर अप’ इक्सा मादेन र धरान हेल्दी होमकी सञ्चालिका सुप्रिया माझी रहेका थिए ।

प्रतियोगिताको कोरियोग्राफर भूमिका प्रियारानी लामा हुन् । प्रतियोगिताका विजेताले उपाधिसँगै स्कुटी र अध्ययनका लागी युएन कलेजको छात्रवृत्ति र विदेश भ्रमणको अवसर पाउनेछन् । त्यस्तै, ‘फस्ट’ र ‘सेकेण्ड रनर अप’ले क्रमशः ५० हजार र ३० हजार नगद पुरस्कारसँगै छात्रवृत्ति पनि पाउनेछन् । विधागततर्फ ‘मिस ट्यालेन्ट’, ‘मिस फोटोजेनिक’, ‘मिस चार्मिङ’, ‘मिस इन्टलेक्चुअल’, ‘मिस पर्सनालिटी’, ‘मिस व्युटिफुल कम्लेक्सन’ लगायतका विभिन्न विधाका विजेता प्रतियोगीहरूलाई पनि १२ हजार रुपैयाँ पुरस्कार दिइनेछ । यसअघि सविना सुब्बा, प्रतिभा श्रेष्ठ, अस्मिता गुरुङ, नेहा बजाज, नेमिता आङबुहाङ, प्रियंका श्रेष्ठ र कृतिका गिरीले उपाधि चुमिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *