मिस राई छैठौं संस्करणको फारम मंसिर २२ सम्म भर्न पाईने

काठमाडौं– किरात राईहरुको नयाँ सम्बत यलेदोङ ५०७८ को अवसर पारि आयोजना हुने मिस राई-२०१८ छैठौं संस्करणको लागि अहिले आवेदन खुल्ला रहेको छ । किरात राई मौलिक कला संस्कृति केन्द्रले आवेदन फारम खुल्ला गरेको हो । प्रतियोगितामा सहभागि हुन कम्तिमा ५ फिट उचाई भएकी, एसएलसी ( एसइइ) उत्तिर्ण १६ देखि २६ बर्ष उमेरसमुहका किरात राई समुदायका अविबाहित युवतिहरुले मात्र सहभागि हुन पाउनेछन् ।

सहभागी हुन ईच्छुक सहभागिले यहि मंसिर २२ गतेसम्ममा आवेदन दिई सक्नुपर्ने छ । किरात राई मौलिक कला संस्कृति केन्द्र चाबहिल तथा धुन कला केन्द्र पुरानो बानेश्वरमा गई ईच्छुक सहभागिले आबेदन फारम लिन सकिने छ ।

पहिलो चरणको छनौट यहि मंसिर २३ गते शनिबार पुरानो बानेश्वर धुन कलाकेन्द्रमा लिईने छ । पहिलो चरणको छनौट पश्चात १ महिना बन्द प्रशिक्षण तालिममा किरात राईहरुको साकेला नृत्य, कोरियोग्राफि, ग्रुमिङ, फोटो सेसन, किरात मौलिक संस्कृति सम्बन्धी अध्ययन छलफल तथा किरात मुन्धुम दर्शन र यसको ऐतिहासिक आधारका बिषयमा कक्षा विभिन्न कार्यक्रममा प्रत्यक्ष, तथा प्रयोगात्मक अभ्यास मार्फत विशेष ज्ञान आर्जन गर्ने अवसर साथै आमसंचार सम्बन्धी आधारभुत जनकारी पत्रकारिता उद्घोषण कला ( आर जे भिजे ) कक्षाहरु किरात राईहरुको उदगम भुमि हलेसी तुवाचुङ जायजुमको एतिहासिम भ्रमण गराउने साथै मिस राई २०१८ को बिजेतालाई स्कूटर तथा फस्ट सेकेण्ड र थर्ड रनरअप लाई मोबाईल प्रदान गरिने किरात राई मौलिक कला संस्कृति केन्द्रबताएको छ ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES