मुटुको भल्बले काम गर्न छोडेपछि अस्पतालको बास,सहयोगको अपिल

चिसाङ्ग शेर्पा-फागुन १५ काठमाडौ,तीनवर्ष अघि ब्लड प्रेसरका कारण ढलेका गणेश बहादुर ढकाललाई लागेको थियो कि कामको शिलसिलामा शरीरलाई आराम नपुगेर हो । तर उनीको त्यो सोचाईले यतीबेला उनलाई जिवन मरनको दोसाधमा उभिन बाध्य बनाएको छ ।

प्रेसरले एक्कासी लडेका ढकालको तत्काल देब्रे हातखुट्टा चल्न सकेन एक हिसाबले उनको आधा शरीर नचल्ने भयो । शरीर प्यारालाईसेस भएपछि खोटाङ्ग बुईपा खिरी–७ का ढकाललाई परिवारको माध्यमद्धारा तत्काल श्री अस्पताल बिराटनगरमा चेकजाँजका लागी पु¥याईएको थियो । अस्पतालको सामान्य रिपोर्ट आएपछि जीवन निर्वाह गरिरहेका पिडीत ढकालको पिडा बढ्दै गयो ।

यतिबेला भने हाई प्रेसरले मुटुका केही भल्बनै फुटेर दिमागमा असर पुगेको डाक्टरले पुष्टि गरेको छ । दिमागमा रगत जमेकाले विरामीलाई दिनदिनै गाह्रो हुदै गईरहेकाले चाँडै अपरेशन गर्नुपर्ने मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगन्जले जनाएको छ । डाक्टरका अनुसार बिरामीको मुटुको केही भल्बले काम नै नगरेको र दिमागमा जम्मा भएको रगत तत्काल सफा गर्नुपर्ने देखिन्छ ।

काठमाडौमा दैनिक स्वास्थ्य परिक्षण गराँउदै आएका ढकाललाई गत सोमवार इर्मजेन्सी वार्डबाट डिस्चार्च गरीए पनी दैनिकजसो डाक्टरको निगरानी तथा अस्पतालको बास हुनुपरेको छ । मुटुसम्बन्धी आधिकारिक कागजपत्र भए केही सहुलियत हुने भएपनी मुटुको अप्रेशनको लागी परिवारसंग आवाश्यक पैसा नभएको तथा आफुहरु के गर्ने,कसो गर्ने भनेर आतिएको छोरा रोशन ढकालले बताए । “घरको मुख्य मान्छेको अवस्था नै नाजुक अवस्थामा छ,हामी त केही सोच्नै सकिरहेका छैनौ उनले थपे,डाक्टरका अनुसार सातलाख भन्दा बढी पैसा जम्मा गर्न सकेमात्र बुवाको जिवन बचाउन सकिन्छ”

अहिलेसम्म सहयोगीदाताहरुको सहयोगले यती गर्न सकिएको पिडीत परिवारले सुनाए । पैसाभन्दा जीवन ठूलो सम्झेर सबैले सक्दो सहयोग गरिदिन परिवारले अपिल गरेको छ । सहयोगीदाताहरुले बिरामीका छोरा रोशन ढकाललाई ९८२३२७६४६७/९८४१९१९८०८ मा सिधा सम्पर्क तथा सिटीजन बैक कोटेश्वर शाखामा रहेको खाता नम्बर ००९०००१०० सिएस मा पनी सहयोग रकम जम्मा गर्न सकिने ब्यावस्था मिलाईएको छ ।

पिडीत परिवारलाई पोखराका धनराज गुरुङ्गबाट दश हजार छब्बीस,सल्ले–८ खोटाङ्गका सुरेन्द्र राईबाट पन्ध्र हजार सहयोग प्राप्त भएको छ । पाँच परिवार रहेको पिडीत ढकालको श्रीमती दुई छोरा एक छोरी रहेका छन् ।

के, मृत्यु पनि मान्छेपिच्छे फरक हुन्छ यहाँ ? (नेपाल सरकारलाई चिट्ठी )

Leave a Reply

Your email address will not be published. Required fields are marked *