मुटुको भल्ब ड्यामेज,आमासहित बच्चाको जिवन जोखिममा सहयोगको अपिल

चिसाङ्ग शेर्पा-चैत्र २९ काठमाडौ
नुनथला तीन हाँबुका दिप्रेन्द्र राईसँग १८ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी शोभा राईले सपना धेरै संगालेका थिए । ६ बर्ष पहिला बैवाहिक जिवनका यात्रामा लागेका यि दम्पतीले जिवन रहिञ्जेलसम्म हाँसीखुशी जिउने कल्पना पनी गरेका थिए । तर ! उक्त सपनाले अहिले ति दम्पतीलाई रातदिन पिरोल्न थालेको छ । २४ वर्षिय शोभाको जब एकवटा मुटुको भल्व काम नलाग्ने गरी बिग्रिएको,दुईवटा तत्कालै अपरेशन गरेर सफा नगरे त्यो पनी बेकामे हुने र जिवननै खतरामा पर्ने भएपछि परिवारमा पिरलो बड्न थालेको हो । जिवन संगिनीलाई त्यस्तो रोग भएको र औषधीका लागी मात्र भने जसरी पैसा नभएपछि उनका श्रीमान बिदेशीएका छन् ।

विवाह भएको तीन वर्षपछि हातखुट्टा सुन्निने,खोकी लाग्ने,वान्ता आउने तथा खानामा अरुचिजस्ता समस्या देखापर्दै गएपछि परिवाले पहिलोपल्ट झापाको दमकस्थित आम्दा अस्पतालमा शोभाको प्रसुती गराउनका लागी पुग्दा मुटुमा समस्या भएको त्यहाँका चिकित्सकले बताए थिए । धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः चेकजाँच गराउँदा यक्किन समस्या पत्ता नलागे पनी मुटुका केही भल्वहरुमा समस्या हुनसक्ने बताएका पिडीत बिरामीका दाई पबन चाम्लिङ्ग राईले बताए ।

डाक्टरका सल्लाह अनुसार काठमाडौस्थित सहिद गंगालाल राष्ट्रिय ह्रदय केन्दमा जान सल्लाह दिए पनी केही समय घरमा दैनिक औषधीको भरमा बसिरहेका पिडीत शोभाले गत चैत्र २४ गते तेस्रोपटक सहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्र बासबारी काठमाडौमा चेकजाँच गराउँदा मुटुको एउटा भल्ब ड्यामेज भएको र दुईवटा भल्वले काम गर्न छोडेको पुष्टि भएको विरामीका आफन्त बर्ण राईले बताए ।

राईका अनुसार ड्यामेज भएको भल्व अपरेशनको माध्यमवाट फेर्नुपर्ने र दुईवटालाई तत्काल सफा गर्नुपर्ने भएको छ । मुटु सम्बन्धी रोगका कारण बहिनीको स्वास्थ्य बिग्रिदै गईरहेको र आर्थिक स्थिती कमजोर भएकाले बहिनीको जिवन बचाउ र बच्चाको भविष्य समेत जोखिममा रहेकाले सबैलाई सहयोगको अपिल गरिएको पिडीतका दाई पबन चाम्लिङ्ग राईले बताउनु भयो । सहयोग गर्न चाहानु हुने सहयोगीदाताले बिरामी बहिनीलाई ९८१६०७३७५० र मलेसियामा स्वंय आफुलाई ६०११४१८२३३१८ मा सम्पर्क गर्न सकिने समेत बताए ।

दोर्पा चिउरीडाडाँ ९ घर भई नुनथला ३ हाँबुमा विवाहगरी हाल झापाको धुलावारीमा बसोवास गरीरहेकी शोभाको तीनवर्षका एक छोरा छन । मासिक १५ हजारको हाराहारीमा औषधी खरीद गर्नुपर्ने र पारिवारीक स्थितीले धान्न नसक्ने भएपछि नै श्रीमान डेढ महिना अघि रोजगारीका शिलसिलामा साउदी अरबमा रहेका छन् । अस्पतालका निर्णय अनुसार असार पहिलो सातामा अपरेशन गरिने तयारी समेत भईरहेको छ ।

न्युनतम दुईसय अमेरिकी डलरदेखी एक हजार डलरमा भल्व खरिद गरेर अपरेशनको माध्यमवाट भल्व राख्न सकिने अस्पतालले जनाएको छ । नेपाल सरकारले अपरेशन तथा मुटु सम्बन्धी रोग लागेका कागजीरुपमा पुष्टि भए अपरेशन निशुल्क हुने निती ल्याए पनी खाश त्यो प्रभावकारी नहुँदा यस्ता रोगवाट ग्रसित बिरामीहरु मारमा परीरहेका छन् ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES