मुन्धुमविद् भरत दम्पतिको सडक दुर्घट्नामा ज्यान गयो

धरान,११ मंसिर – मुन्धुमविद भरत तुङ्घङ् र उनकी श्रीमति टीकादेवी सुहाङ्को सोमबार विहान ११ बजे सडक दुर्घट्नामा परी ज्यान गएको छ । धरानबाट इटहरी मोटरसाइकलमा गइरहेको बेला पछाडीबाट आएका को १ ज २७१४ नम्बरको बोलेरोले तीनकुने नजिकैको शनि मन्दिर अगाडि ठक्कर दिदा भारत र तिकादेविको ज्यान गएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले बोलेरो चालक धनकुटा नगरपालिका– १ बस्ने २७ बर्षीय हीरालाल मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा ज्यान गएका तुङ्घङ दम्पतीको मोटरसाइकललाई ओभर टेक गरी सवारी दुर्घट्ना गराउने बोलेरो बराह ज्वेलरी इण्डष्ट्रिज प्रा. लि.को रहेको प्रहरीले जनाएको छ ।

धरानस्थित नेपाल खानेपानी संस्थानमा नायव सुब्बाको रुपमा कार्यरत ५५ बर्षीय तुङ्घङ किरात लिम्बुको इतिहास, पुरातत्व र मुन्धुमसम्बन्धी जानकार थिए । उनले कमल तिगेला, भैरव आङ्ला र अर्जुवाबु माबोहाङसंगको सहकार्यमा मुन्धुम र लिम्बु जातिको संस्कृति बारे पुस्तकहरु समेत लेखेका छन् । उनले पुर्वका किरात लिम्बु समुदायको ऐतिहासिक पुरातात्विक सामाग्रीहरु, इस्तिहार, लालमोहर, हातहतियार, सांस्कृतिक सामाग्रीहरु संकलन गरेर संग्रहालयसमेत बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *