मुरारी भट्टराईको निम्तो सार्बजनिक (भिडियो सहित)

मंसिर २९ काठमाडौ,गायक/ संगीतकार अनि गीतकार मुरारी भट्टराईको निम्तो एल्बम  सार्बजनिक भएको छ । यही एल्बममा समाबेश  “झ्याम की झ्याम” बोलरहेको गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ  ।अमेरिकाको क्यालीफोर्नियामा बस्दै आएका छन्  मुरारी भट्टराई, भने यो उनको दोस्रो एल्बम हो ।

निम्तो’मा ५ वटा गीत समाबेश गरिएको छ एल्बममा समाबेस गितहरुमा उन्नतिशिला बोहरा , प्रमोद ढुंगाना , भोला पौडेल , दिलिप पौडेल र मुरारी स्वयं आफ्नै शब्द रहेका छन भने शम्भुजित बास्कोटा,शक्ति बल्लव,बिकाश चौधरी र मुरारी भट्टराईकै संगीत पनि रहेको  छ ।

भिडियोमा रिस्ता बस्नेत अनि प्रमोद भारद्वाजको दमदार अभिनय लाई देख्न सकिन्छ । भिडियोमा ज्ञानु राईको छायांकन ,अनिल कुमार महर्जनको सम्पादन अनि दिनेश पाख्रीनको निर्देशन रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *