मुस्ताङको रमणीय दृश्यहरुमा खिचिएको गायक लवटको ‘माया मेरी साह्रै राम्री’ रिलिज (भिडियोसहित)

सरद राई / काठमाडौं । ‘टोखा बजार’का गायक वीर कृष्ण लवटको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायक लवटको ‘माया मेरी साह्रै राम्री’ गीतको भिडियो सामाजिक सञ्जाल युट्युव मार्फत रिलिज भएको हो ।
‘माया मेरी साह्रै राम्री’ गीतलाई गायक लवटले आफ्नै शब्द र संगीतमा आफैले स्वरबद्ध गरेका छन् । गायक लवटको यस गीतको भिडियोलाई मुस्ताङको रमणीय दृश्यहरुमा छायाङ्कन गरिएको छ, भने किरण श्रेष्ठको निर्देशनमा बनेको यो भिडियोमा गायक लवट संयम र पुष्पा प्रजापतिको फिचरीङ रहेको छ । साथमा सुजन, सेवन, श्री, र सुशीलले उनीहरुलाई साथ दिएका छन् ।
गायक लवटको यस भिडियोलाई निर्देशक श्रेष्ठ आफैले छायाङ्कन र सम्पादन गरेका हुन् । ‘टोखा बजार’ बोलको गीतले चर्चामा आएका गायक बीर कृष्ण लवट ‘म त होइन तिम्रो’ गीत लिएर नेपाली गीत संगीतको क्षेत्रमा पुनः कमब्याक गरिसकेका थिए ।
उनले बि.सं. २०६३ सालमा आफ्नो पहिलो एल्बम बजारमा ल्याएका थिए भने सोही एल्बममा समाबेश गरिएको ‘टोखा बजार’ बोलको गीतले उनलाई चर्चाको शिखरमा पु¥याएको थियो ।

यो गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *