मृगौला डायलासिस प्रत्यारोपण समाजको रक्तदान कार्यक्रम सम्पन्न

ईन्द्र जिजीबिषा-नुवाकोट २० असार- मृगौला डायलासिस प्रत्यारोपण समाजले “रक्तदान जीवन दान” भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मृगौला डायलासिस प्रत्यारोपण समाजको छैटौ वार्षिक उत्सवको अवसरमा आयोजित उक्त रक्तदान कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, राजनीतिकर्मी,नेपाल आर्मी, शसस्त्र प्रहरी, जनपथ प्रहरी, नेपाल प्रहरी,स्थानीयहरू लगायत  ७० जना भन्दा बढिले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा ७० पाउण्ड भन्दा धेरै रगत जम्मा भएको त्यहाँ पुगेको  रेडक्रसको प्रतिनिधिले जनाएको छ ।

विशिष्ठ अतिथिको आशनबाट बोल्दै नेपाली चलचित्रको नायक तथा निर्माता नवल खड्काले भने “समाजसेवी तथा पत्रकार विचारी चाम्लिङ्गको सक्रियता र मृगौला डायलासिस प्रत्यारोपण समाजको आयोजनामा  आयोजित यो कार्यक्रम सराहनीय छ । यहाँ कयौ मानिसहरु रगत नपाएर मृत्यु शैयामा छटपटाई रहेका हुन्छन् । यस्तो अवस्थामा हामीले आफ्नो रगत दान गरेर अरुलाई जीवन दिनु भनेको ठूलो धर्म हो । यसरी आज यो कार्यक्रमको आयोजना गरेर धन्यबादका पात्र बन्नु भएको छ विचारी चाम्लिङ्ग र सम्पुर्ण ककनी वासीहरु । मृगौला डायलासिस प्रत्यारोपण समाजले यी र यस्ता राम्रा-राम्रा कार्यक्रमहरु आगामी दिनहरुमा पनि गर्दै जावस शुभकामना” ।

मृगौला डायलासिस प्रत्यारोपण समाजका अध्यक्ष  विचारी चाम्लिङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा शसस्त्र प्रहरी वलका एसएसपी केबी ब्रम्हाचार्य प्रमुख अतिथि रहेका थिए । अन्य अतिथिहरुमा शसस्त्र प्रहरी वलका डिएसपी सुभाष भण्डारी, नेपाल आर्मीका क्याप्टेन राजविक्रम श्रेष्ठ,  शिवकुमार लामा, प्रहरी हवल्दार खड्गबहादुर कार्की,कार्यक्रम संयोजक समेत रहेका समाजसेवी बुद्ध लामा,जिवनलाल तामाङ्ग, कुमार लामा,रंजन लामा,अष्टमाया लामा लगायत अन्य रहेका थिए ।  ककनी गणेश निम्न माध्यामिक विद्यालयको प्राङ्गनमा सम्पन्न कार्यक्रम सुहानी थोकरले संचालन गरेकी थिईन् ।

रक्तदान कार्यक्रमको झलकहरु

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES