मृगौला डायलासिस तथा प्रत्यारोपण समाजले,सरकारलाई दियो चुनौती

सुचना खबर- आश्विन १ काठमाडौ , मृगौला डायलासिस तथा प्रत्यारोपण समाजले एक प्रेश विज्ञप्ति जारी गरी,  दोलखाको मालु गा. वि.स. वडा नं. ४ निवासी १९ वर्षिय विजय खडकाले सरकारको वेवास्ताको कारण अनाहकमा आत्महत्या गरेको भनी प्रेस बिज्ञप्ति जारि गरेको छ ।bichari chamling

त्रि.वि शिक्षण अस्पताल महारागंजमा मृगौला रोगबाट पीडित विजय,डाइलासिस गराइ रहेकोमा, उपचार खर्च अभाव भएपछि,  अस्पतालकै तिन तलामाथिबाट हाम फालेर आत्महत्या गरेका थिए ।

आर्थिक सम्पन्न र पहुचहुनेहरु, देशको ढुकुटी बाटै, करोडौ रकम खर्चिएर युरोप अमेरिका उपचारको लागि जाने गर्छन । तर पहुच नहुने, देशका जनताहरु सिटामोल खान नपाएर अनाहकमै ज्यान गुमाई रहेकाछन ।

ठुला ठुला आस्वासन र भाषण मात्र दिने यो देशका नेताहरु, जुन सुकै पाटी वा सरकारका भए पनि जनताको लागि हर्ष न विस्मतको हुने गरेको छ ।

नाम मात्रको सरकारी हस्पिटलहरुले पनि उपचारको बहानामा, हस्पिटल भित्र औषधि छैन भन्दै , आफुले चिनेजानेको औषधि पसलमा सिफारिस गर्ने गरेका हुन्छन ।

यहा प्रश्न उठ्छ, के मान्छेहरु दुइ थरिका हुन्छन ? एक थरिकाले उपचार गरेर भोग विलास ऐस आराम गर्नु पाउने , अर्को थरिकाले उपचार अभावमा मृत्युलाई टुलुटुलु हेरी रहनु पर्ने ?  किन समानता छैन यो देशमा ? के, मन्त्रि, उद्योग-व्यापारी, टाठा बाठाको  मात्रै हो यो देश ? नेता मन्त्रीले मात्रै यो देश चल्छ ? जनता बिना नै यो देश चल्छ भने, भन्नु केहि छैन । नत्र समानता र समुन्नत हुन जरुरि छ । सबैले उपचार पाउनु पर्छ । बाच्नु पाउने अधिकार सबैको हुन्छ  ।

खड्काको आत्महत्या प्रकरण एउटा प्रतिनिधी पात्र घटना मात्र हो, यस्तो घट्नाले न सरकारलाई कहिले गम्भिर बनायो ? न त देशमा कुनै परिवर्तन नै भयो । यस्ता विजय खड्काहरु देशमा धेरै छन् । अझ पनि यो देशमा , चाकरी चाप्लुसी, घुसखोरी चलि रहने हो भने लाखौ विजय खड्काहरु आत्महत्या गर्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *