मेची महाकाली अभियान रोकेर राष्ट्रिय समस्या समाधानमा केन्द्रित हुन नेकपा एमालेलाई प्रधानमन्त्रीको आग्रह

फागुन २५ काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेची महाकाली अभियान रोकेर राष्ट्रिय समस्या समाधानमा केन्द्रित हुन नेकपा एमालेलाई आग्रह गरेका छन् ।

मेची महाकाली अभियानले देशमा डरलाग्दो परिस्थिति देखिएको भन्दै प्रधानमन्त्रीले तत्काललाई अभियान छाडेर वार्तामार्फत अवस्था सुधार्न एमालेलाई आग्रह गरेका हुन् ।

एमालेको मेची महाकाली अभियानका क्रममा सप्तरीमा चार जनाको ज्यान गएपछि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी नेकपा एमाले र सत्तासाझेदार नेपाली कांग्रेसका शिर्ष नेतालाई वालुवाटार बोलाएर छलफल गरे पश्चात उक्त अनुरोध गरेका हुन् ।

जवाफमा नेकमा एमालेले मेची महाकाली अभियानका क्रममा भएको घटनाको छानविन गरि दोषीलाई कारबाहीको माग गरेको छ । सप्तरी घटनालाई बहाना बनाएर चुनाव नटार्न नेकपा एमालेले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *