मेरो मान्छे: कबिता मनुषा राई

मेरो मान्छे

लाखौं लाखौं
भिड भित्र तिमी एक
मेरो आँखाको नानी
मेरो मनको ढुकढुकिमा बसेको
मेरो धड्कन तिमी
मेरो मनको आँगनमा
फुलेको फुल तिमी
मेरो मनको राजा तिमी
मेरो आँखाको नानिमा
बसेको मान्छे तिमी
जिन्दगीको बगैंचामा फुल बनेर
माया सगै फुलि दिउँला
तिम्रो मनको आकाशमा
जुन बनी उज्यालो पारुला

मेरो मान्छे
यो सम्बोधन मात्रै तिमिलाई!!!!
भ्यालेन्टाइन डेको सबैमा शुभकामना

मनुषा राई

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES