मेरो हस्ताक्षर होईन, पार्टी नेतृत्वको निर्देशन बिना प्रयोग भएको पाईए कानूनी प्रक्रियामा जान्छु : बिडारी

काठमाडौं १८ बैशाख, प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध महाअभियोग लगाउने प्रस्तावक एवम् नेपाली काँग्रेसका नेता मिन विश्कर्माले महाअभियोग प्रस्ताव संसदबाट पारित हुने दाबी गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजा गरेको साक्षात्कारमा बोल्दै विश्वकर्माले महाअभियोग प्रस्ताव पारित हुने स्पष्ट पारेका हुन् । उनले भने,‘हामीले प्रस्ताव दर्ता गराएका छौं, अबको ६ दिनभित्र प्रक्रिया सुरु हुन्छ, यो वीचमा सबै वास्तविकताहरु बाहिर आउनेछन ।’ उनले निर्वाचनको मुखमा महाअभियोग लगाईएको भनेर चर्चा भैरहेकोप्रति टिप्पणी गर्दै भने,‘हामीले स्टेरिङ् फेल भएको गाडीलाई दुर्घट्नाबाट जोगाएका हौं ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने, ‘कार्यपालिकाको क्षेत्राधिकारमाथि हस्तक्षेप गर्ने, कार्यसम्पादन क्षमताको अभाव, व्यक्तिगत आशयबाट प्रभावित भई फैसला गर्ने, न्यायाधीशहरुमाथि फरक–फरक व्यवहार गरेको, न्यायालयमा गुटबन्दी गर्न खोजेको देखियो, उहाँले गर्न नहुने काम गर्नुभयो, झगडीयालाई भेट्ने, यो त कस्तो भयो भने म्याच फिक्सिङ्जस्तो भयो ।’

सरकारले डीआइजी जयबहादुर चन्दलाई आइजीपीमा नियुक्त गरेपछि अर्का डीआएजी नवराज सिलवाल सर्वोच्च अदालत गएको घट्ना उल्लेख गर्दै विश्वकर्माले भनें,‘सर्वोच्च अदालतले चन्दको नियुक्ति रद्द गर्यो र सिलवाललाई आइजीपी बनाउन भन्यो, यी विषयहरुमा निर्णय लिँदा प्रधानन्यायाधीश कार्कीले मुद्दाको सुनुवाई आफू निकटका न्यायाधीशकोमा पार्ने र अतिशय नै सिलवालको बचाउ गर्ने काम गरिन् । सिलवालको पक्षमा गरिएका आदेश र फैसलाहरु हेर्दा सुशीलामाथि नवाराज सिलवालप्रति बढी नै झुकाव राखेको देखिन्थ्यो । सिलवालको पक्षमा सुशीला खुलेर लागेकी थिइन् ।’

विश्वकर्माले निर्वाचनको मुखैमा आईपुग्दा देशको शान्ति, सुरक्षा र अमनचयन कस्तो हुने हो भनेर चौतर्फी सन्त्रास छाईरहेको बेला सरकारले नियमसंगत ढंगले प्रहरी बढुवा नियामावली अनुसार नै आइजिपी नियुक्त गर्दा अड्काउने काम गरेको आरोप लगाए । उनले भने,‘आईजीपी प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई कासम तोडमोड गरेर फैसला गरेको पाईयो, त्यसैले यी सबै कुराहरु उहाँबाट गम्भिर गलत भएकोले हामीले महाअभियोग दर्ता गराएका छौं ।’

त्यस्तै उनले सरकारले गलत काम नगरेको समेत स्पष्ट पारे । उनले भने,‘यहाँ मैले एमालेका मित्रले सरकारले गलत काम गर्यो भनेको कुरा पनि सुनें, तर सरकारले केही गलत गरेको छैन, बरु प्रमुख प्रतिपक्षीको भूमिका कार्यपालिका र न्यायपालिकालाई जुधाउने खालको देखियो ।’

एमालेका सचिव भिम रावल
कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव भीम आचार्यले प्रधानन्यायाधिश कार्कीले साहसिक र उल्लेखनीय भूमिका खेलेको बताउँदै कार्कीविरुद्ध महाअभियोग लगाउनु अत्यन्तै खेदजनक र दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरे ।

आचार्यले प्रधानन्यायाधिश कार्कीले सरकारको स्वेच्छाचारी निर्णय रोकेकोले प्रतिशोध साँधेको समेत आरोप लगाए । उनले भने,‘सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रले महाअभियोग प्रस्ताव पेश गरेर गलत गरे, यो स्वतन्त्र न्यायपालिकालाई अपहरण हो ।’ उनले महाअभियोग प्रस्तावको आफ्नो पार्टिले घोर भत्र्सना गर्ने निर्णय गरेको समेत जानकारी दिए ।

आचार्यले भने,‘यो महाअभियोग प्रस्ताबप्रति हामी चकित छौ, यसले न्यापालिकालाइ कमजोर बनाउने खेल भएको छ यो प्रस्ताबप्रति हाम्रो घोर आपत्ति छ, प्रस्ताब कुनै हालतमा पास हुन दिँदैनौं ।’

उनले लोकमान र प्रधनन्यायाधीशको बिषय आकास र जमिनको फरक रहेको समेत स्पष्ट पारे । उनले भने,‘प्रधानन्यायाधिश कार्की स्वभाविक प्रक्रियाबाट नियुक्ती हुनुभएको हो, तर लोकमानको नियुक्तीको बारेमा मैले त पहिलेदेखि नै विरोध गरेको छु, संसदलाई छलेर नियुक्ती गरिएको थियो, त्यसैले लोकमान र सुशिलाको विषय आकाश र जमिनको फरक छ।’

माओवादीका नेता राम नारायण विडारी
कार्यक्रममा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले प्रधानन्यायाधीसमाथी लगाइएको महांअभियोग संसदमा छलफल गरेरमात्र दोषी र निर्दोस छुटिने बताएका छन्।

विडारीले महाअभियोग प्रस्तावमा प्रयोग भएको आफ्नो हस्ताक्षर महाअभियोगको प्रस्तावको उधेश्यको लागि नभएको जिकिर समेत गरे । उनले भने,‘महाअभियोग प्रस्तावमा प्रयोग भएको हस्ताक्षर अर्के प्रयोजनको लागि लिईएको हो, महाअभियोगको लागि लिईएको होईन, यसको बारेमा छानविन हुनुपर्छ ।’उनले त्यसका विरुद्धमा गम्भिर छानबिन हुने र गलत देखिए कानूनी कारबाही समेत हुने बताए । यद्धपी उनले पार्टी अध्यक्षले निर्देशन दिएर हस्ताक्षर प्रयोग भएको भए आफूले त्यसलाई मान्ने स्पष्ट पारे ।

महाअभियोग सिफारिश समितिका सदस्य समेत रहेका सांसद बिडारीले समितिमा कार्कीमाथि लागेका आरोपहरुको बारेमा एक एकगरि छलफल हुने र दोषी देखिएमात्रै फुल हाउमा जाने बताए । यद्धपी उनले अदालतमा परिपक्व भ्रष्टाचार बढेको उल्लेख गर्दै भने,‘अदालतमा परिपक्व भ्रष्टाचार बढेको थियो, त्यो पनि दाह्री जुँगा धपक्कै बढेजस्तो, अहिले पनि भ्रष्टाचार छ, तर दाह्री जुँगा चाहीँ छैन ।’

उनले अदालतले कार्यपालिकामाथी हस्तक्षेप गर्न नहुने बताउँदै यो गलत भएको आरोपप लगाए । उनले नेपालमा महाअभियोगको प्रस्तावको प्राक्टिस नै भर्खरै सुरु भएकोले के के न भएकोजस्तो देखिएको बताए ।

माओवादीले सेनापति चलायो, अदालतमा हात हालेर पूराना संरचना ध्वस्त बनाउन खोज्यो भनेर आरोप लगाईएको छ नि भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने,‘संवैधानिक अगंका अख्तियार प्रमुख लोकमाथि एमालेको नेतृत्वमा महाअभियोगको प्रस्ताव दर्ता भएको थियो, अहिले प्रधानन्यायाधिश सुशिला कार्कीमाथि काँग्रेसले नेतृत्व गरेको हो, विस्तारै विस्तारै सेना अदालतमा पनि परिवर्तनको प्रभाव पर्दैछ ।’

उनले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव पारित भएरै छाड्ने स्पष्ट पारे । उनले भने,‘संशोधन प्रस्ताव पारित हुन्छ, त्यो पनि एमालेकै समर्थनमा, एमालेले बाध्य भएर प्रस्तावको पक्षमा मत हाल्छ।’ उनले महाअभियोग प्रस्तावले चुनावको मिति तलमाथि केही पनि नहुने स्पष्ट पारे । उनले भने,‘एक दुई तीन चुनाव हुन्छ ।’

वृषेशचन्द्र लाल
नवगठित राष्ट्रिय जनता पार्टी नेपालका नेता बृषेशचन्द्र लालले कार्कीमाथि लागेको महांअभियोगको बिसयमा आफूहरुले छलफलबाट पछि निर्णय लिने स्पष्ट पारे । उनले भने,‘यो आभियोगमा गम्भिर आरोपहरु लागेका छन्, त्यसैले यी आरोपमा संसदमा छलफल गर्न दिनुपर्छ।’ उनले महाअभियोग संवैधानिक रुपमा दर्ता भएको स्पष्ट पारे ।
यद्धपी उनले आफूहरुलाई यतिवेला महाअभियोगको विषयमा भन्दापनि संविधान संशोधनको विषयमा बढि चासो र चिन्ता रहेको स्पष्ट पारे । उनले भने,‘पहिला संविधान संशोधन हुनुपर्छ, हाम्रो चिन्ताको विषय यो हो ।’

लालले अहिलेको राजनीतिक घटनाको बारेमा पार्टीको बैठकमा छलफल गरेर निर्णय गर्ने स्पष्ट पारे । न्यायालयमा राजनितिक नियुक्ति भएकोले राजनितिक हस्तक्षेप भएको बताउँदै भने,‘प्रधानन्यायाधिशलाइ लगाएको आरोप गम्भिर छन्।’ उनले २५ प्रतिशत सांसदहरुले हस्ताक्षर गरेर महाअभियोग प्रस्ताव दर्ता गराएको अवस्थामा यो गलत हो भनेर पहिल्यै भन्न खोज्नु संसदमाथि एकाधिकार जमाउन खोज्ने प्रयास भएको टिप्पणी गरे ।

कांग्रेस र माओवादीका सांसदहरुले कार्कीमाथि आईतबार महाअभियोग दर्ता गरेका हुन् । मीनबहादुर विश्वकर्मा प्रस्ताव र माओवादी प्रमुख सचेतक टेकबहादुर बस्नेत समर्थक छन् र २४९ जनाले हस्ताक्षर गरेका छन् । संविधानको धारा १०१ को उपधारा २ र व्यवस्थापिका संसद नियमावली २०७३ को नियम १६८ (१) अनुसार संसद सचिवालयमा आइतबार अपरान्ह ४ बजे पुगेर महाभियोग प्रस्ताव दर्ता गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *