मेलम्ची खानेपानी दशैँ अगाडी काठमाडौ आउन कठिन

काठमाडौ ७ असार – बहुचर्चित प्रतिक्षित मेलम्ची खानेपानी यो वर्षको दशैंअघि नै राजधानीवासीले पिउने पाउनेमा शंका देखिएको छ । आयोजना अन्तर्गत तीन हजार मिटर सुरुङ खन्न अझै बाँकी रहेको र हाल दैनिक ११ मिटर मात्रै सुरुङ खन्ने काम भईरहेको छ । यही गतिमा सुरुङ खन्दा अझ नौ महिना लाग्ने देखिन्छ ।

यता राजधानीमा भने मेलम्ची खानेपानीको पाईपलाई अलकत्रे सडकको बिच भाग बाटै राख्ने काम भईरहेकोले सडक तथा वरिपरीको वातावरण अस्तव्यस्त भएको छ । यसरी सडकको बीच भाग बाटै पाईप राखिदा सडक भत्किएर सडक पुननिर्माणमा खर्च बढ्ने त छदै छ, वातावरण पनि बिग्रिएको छ । सके सम्म सडक नभत्काई सडकको दायाँ-बाँयाँ बाट पाईप राखेर त्यो पाईप संगै बिजुली र टेलिफोनको ताराहरु पनि अण्डर ग्राउण्ड गरेको हो भने हेर्दा राम्रो सुरक्षित र पछि फेरि बिजुली र टेलिफोनको तार अण्डर ग्राउण्ड गर्दा खर्च नहुने थियो ।

मुख्य लगानीकर्ता एडीबी, आफ्नो प्रतिष्ठासँग गाँसिएको यस परियोजनालाई हरतरहले आउँदो दसैँमा नै सम्पन्न गर्नुपर्छ भन्नेमा छ । तर नेपालमा एडिबीका देशीय निर्देशकको पद रिक्त रहेको दुई महिना पूरा हुन लागेको छ । नेतृत्वविहीन ‘नेपाल मिसन’लाई मेलम्चीमात्र होइन एडिबीको सहायतामा सञ्चालित अन्य ठूला आयोजनाको प्रायः सबै आयोजना अलपत्र छन् ।

एडिबीले नेपालमा ३२ वटा परियोजनामा दुई अर्ब अमेरिकी डलर लगानी गरेको छ । उक्त बैंकले २५ वटा परियोजनामा ऋण सहयोग र १९ वटालाई अनुदान प्रदान गरेको छ । त्यसैगरी तीन करोड ५० लाख अमेरिकी डलरको लगानीमा २२ वटा प्राविधिक सहायता परियोजना जारी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *