मैना सुनुवार हत्या प्रकरणको मिसिल झिकाउन सर्वोच्च अदालतको अादेश

काठमाडाै- युद्धकालमा नेपाली सेनाद्वारा हत्या गरिएकी मैना सुनुवार हत्या प्रकरणको मिसिल झिकाउन सर्वोच्च अदालतले अादेश दिएको छ । न्यायाधीशहरु चोलेन्द्रशम्सेर जबरा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले काभ्रे जिल्ला अदालतबाट सुनुवार प्रकरणको मिसिल झिकाउने आदेश दिएको हो ।

मैना सुनुवार हत्यमा दोषी ठहर गर्दै गत बैशाखमा काभ्रे जिल्ला अदालतले तीन सैनिक अधिकारीलार्इ जन्मकैदको फैसला सुनाएपछि जिल्ला अदालतको निर्णय त्रुटीपूर्ण भएको दाबी गर्दै सेनाको प्राड विभागका तर्फबाट सहसेनानी सरोज रेग्मीले रिट दायर गरेका थिए । संक्रमणकालिन न्यायसम्बन्धी व्यवस्था विपरित जिल्ला अदालतले मुद्दा फैसला गरेको भन्दै सहसेनानी रेग्मीले फैसला खारेजीको माग गरेका हुन् ।

द्वन्द्वकालमा घरमै बसेको बेलामा सुनुवारलाई गैरकानूनी रुपमा नियन्त्रणमा लिई व्यारेकभित्र हत्या गरेको घटनामा जिल्ला अदालतले महासेनानी बबी खत्री, सहसेनाीहरु अमिल पुन र सुनील अधिकारीलाई मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १३(३) अनुसार जन्मकैद हुने फैसला गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *