मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु

पौष १ चन्द्रपुर, पुर्वपस्चिम राजमार्गको रौतहटस्थित लमाहामा मोटरसाइकल दुर्घटना हुदा एकजनाको ज्यान गएको छ भने अर्का एक घाइते भएका छन ।

शुक्रवार बिहान करिव तीन बजे सर्लाहीबाट बिरगज तर्फ बा १३ प ८९०७ नम्वरको मोटरसाइकलमा सवार वीरगज भिस्वा घर भएका प्रकाश थपलियाको ज्यान गएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी यादव ढकालले जानकारी दिए ।

राजमार्गमा बिग्रिएर रोकी राखेको ना ३ ख ८८७३ नम्वरको ट्रकमा मोटरसाइकल ठोकिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा पछाडी बस्ने वीरगज घर भएका राजाराम खयरगोली घाइते भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *