मोडलिङ पनि गर्दै छु : गायिका मेलिना राई

melina-photoसांगीतिक दुनियाँमा लगातार खुट्कीलो चढी रहेको एउटा चिरपरीचित नाम हो मेलिना राई । पुर्ख्यौली थलो खोटाङको हलेसी, बसाइँ सराइकै क्रममा बाबु बाजेहरु, भोजपुरको दिल्पा हुदै, मोरङ पुगेको थियो मेलिना राईको परिवार । जिवेस चाम्लिङ राई ( होमियोछा) मेलिना राईको बाबु पनि संगीतकार हुन् । मावलीघर दार्जीलिङ खर्साङमा जन्मिएर १० बर्षको उमेर सम्म मामाघरमै बसेकी मेलिना राई, त्यसपछि नेपाल आइन् । १२ बर्षकै उमेरमा, स्वदेशगान रेकर्ड गराएकी थिइन् मेलिना राईले । जसरी लाखौ ताराहरुको बिचमा एउटा ध्रुब तारा हुन्छ,उसै गरी, सयौ गायिका मध्येकी एक हुन् मेलिना राई । आफ्नो सहपाठी साथिहरु भन्दा, हजारौ माइल अगाडी दौडी रहेकी मेलिना राई, आज नेपालको सबै भन्दा ब्यस्त गायिका हुन् । मेलिना राईको जति मिठो स्वर छ, त्यो भन्दा दोब्बर सुन्दर पनि छिन् । प्रेम र बिबाह भन्दा, आफ्नो करियरलाइ प्राथमिकता दिइरहेकी मेलिना राईले सोलो एल्बम बहार बजारमा ल्याइ सकेकी छिन् । अर्को सोलो एल्बम ल्याउने तयारीमा रहेकी मेलिना राई, अब आउने आफ्नो गितमा मोडलिङ पनि गर्दै छिन् । नेपालको अधिकांश शहरको अलवा, बिश्वको विभिन्न देश सांगीतिक यात्रामा पुगी सकेकी मेलिना राई संग सूचना खबर डट कमको लागि इन्द्र कुमार राई (जिजीबिषा) ले गरेको कुराकानी ।

निक्कै ब्यस्त हुनुहुन्छ नी, के गर्दै हुनुहुन्छ ?

अहिले बिशेषत, मेरो दोस्रो एल्बमको तयारीमा लागी रहेकी छु । अर्को युगल एल्बम म र रेवत राईको तयारी भइ रहेको छ । दशै तिहारको माहौल भएर,कार्यक्रमहरुमा अलिक ब्यास्त छु । कलेक्सन र चलचित्रहरुमा पनि गरिरहेकी छु ।

दोस्रो एल्बम ल्याउदै हुनुहुदो रहेछ, यो एल्बममा के कस्ता गीतहरू समाबेश गर्नु हुन्छ ?

मेरो नयाँ एल्बममा, धेरै किसिमको गीतहरु समेट्ने कोशिश गर्ने छु । मेरा सबै प्रकारका दर्शक स्रोताहरुको लागी, बिबिधता दिने कोशिशमा छु । सम्भव भए सम्म, दशै तिहारको आसपासमा मेरो नयाँ एल्बम बजारमा आउने छ ।

१२ बर्षको उमेर देखी आज सम्म संगीतमा साधानारत हुनुहुन्छ, दार्जिलिङ देखी काठमाडौ सम्मको यात्रा कसरी भयो ?

दार्जिलिङ मेरो जन्मथलो मात्र हो । कर्मथलो नेपाल नै हो । १० बर्षको उमेर सम्म दार्जीलिङमा बोजु संग बसे, त्यसपछि म सिधै काठमाडौ आएकी हुँ । काठमाडौ आएर ड्याडी संग संगीत सिके, । मेरो ड्यडी पनि संगीतकार हुनुहुन्छ । मैले मेरो १२ बर्षको उमेरमै गीत रेकर्ड गरेकी थिएँ । त्यसरी नै मेरो आज सम्मको यात्रा चलिरहेको छ ।

तपाइको स्वर र सौन्दर्य उस्तै छ । मनपराउनेहरु लाखौ छन् । गायिका,नायिका, प्रेम अनि बिबाह अबको योजना के छ ?

सबै भन्दा पहिले मलाई र मेरो गीत संगीतलाइ मन पराइ दिनु भएकोमा आदरणीय मेरा शुभचिन्तकहरु प्रती हार्दिक आभार व्यक्त गर्दछु । अहिले करियरलाई फोकस गरिरहेकी छु । त्यसैले, बिहेको कुरा अहिले नै सोच्न चाहान्न । समय आएपछि त्यो पनि अवश्य नै हुने छ । नायिकाको कुरा जो यहाले उठाउनु भयो । म नायिका हैन गायिका हुँ । तर अब मेरो नया प्रोजेक्टमा चाही मोडलिङ पनि गर्दै छु । तर गीत संगीत भनेको मेरो जीवन हो यसैले गीत संगीतलाइ नै प्राथमिकता दिने छु ।

देशमा बिदेशमा सांगीतिक कार्यक्रममा भ्याइनभ्याई छ नी । मेलिना राईले समय र आर्थिकलाई कसरी बुझेको छ ?

म कन्सर्ट र रेकर्डिङमा ब्यस्त हुन थालेको खासै धेरै भएको छैन । सानै देखी सिक्दै आए पनि, यो क्षेत्रमा राम्ररी घुलमिल हुन थालेको भनेको दुइ बर्ष जति भयो । अर्को कुरो समय र आर्थिकको कुरो छ । समय हाम्रो लागी एकदमै महत्वोपुर्ण छ। समय अनुसार आफुले काम गर्नु सक्नु पर्छ । नत्र पछुताउनु पर्ने हुन सक्छ । त्यसैले, समयलाई एकदमै ख्याल गरेर, काम गर्नु जरुरी छ । आर्थिक भनेको त, आउने, जाने हो । कहिले आउछ, कहिले जान्छ । तर समय भनेको एक पटक गएपछि फेरी फर्केर आउदैन । आर्थिक मानिसको बसमा हुन्छ तर समय मानिसको बसमा हुदैन ।

तपाइले धेरै देशहरु घुमी सक्नु भएको छ । तपाइलाइ आफु पुगेको देश र ठाँउ मध्य कहाँ राम्रो लाग्यो ?

जहाँ जुन देश पुगे पनि, जतिकै राम्रो ठाँउ घुमे पनि, प्यारो र राम्रो आफ्नै देश हुदोरहेछ । अरु विकसित देश पुग्दा, यति चाही दुख लाग्छ कि, हाम्रो देश विकास र सभ्यताको मामिलामा धेरै पछाडि छ । यि दुइ कुराहरु भइ दिए, हाम्रो सुन्दर नेपालको अगाडी अरु देश फिका जस्तो लाग्थ्यो होला भन्ने महसुस चाही हुन्छ ।

भविष्यमा तपाई आफ्नो जीवन साथी कस्तो होस भन्ने चाहनु हुन्छ ?

भविष्यको चिन्ता त म गर्दिन । किनकी, म वर्तमानमा रमाउने गर्छु । त्यही पनि सोच्नै पर्ने भयो भने, मेरो सांगीतिक जीवनलाई प्रोत्साहन र प्रेरणाले रंगाइ दिने, विश्वासिलो र नेपाली कला क्षेत्रलाई सम्मान गर्ने व्याक्तित्व रुचाउछु ।melina-raiमेलिना राईले गाएको गीतको भिडियो हेर्नुहोस

2 thoughts on “मोडलिङ पनि गर्दै छु : गायिका मेलिना राई

  1. मेरो फेब्रेट बेस्ट सिङ्गर हुनुहुन्छ
    उहालाई सर्बप्रथम त बधाई तथा शुभकामना!!
    संगीत क्षेत्रमा अत्ति नै रुचाउदी स्वरकी धनी हुनुहुन्छ सदा यतिकै आवाजहरु गुन्जिरहन सकोस हाम्रा कानहरुमा,,
    याहाको अब आउदै गरेको गानापनी धेरै चर्चित हुनेछ अबस्य,, र मोडल गर्दैहुनुहुन्छ यस्कोलागी झनै बधाई दिन चाहन्छु खुसी लागेको छ,
    तर अगृम याहालाई यो अनुरोध गर्दछु मोडल गर्नुस तर आजभोली मिडियामा प्रख्यात नै छ याहालाई थाहा छ,, डाइरेक्टर क्यामरामेन हरुबाट हरेक कुरामा ध्यान दिनुहोला नत्रता हजुर जस्तो स्वरकी धनी यति चक्लेटी गायिकालाई कसैलेपनी अपशब्द नगरोस,,
    याहालाई सधै साथ दिनेछौं हजुरर्को स्वरको क्रेजी म सुन्दर नेपाली,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *