मोबाईल सेवाप्रदायक कम्पनी एनसेलले ल्यायो नयाँ प्याक, प्रति एमबी ६ पैसा मात्र

काठमाडौ ८ बैशाख,मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिम अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ । नयाँ डेटा प्याक बिहीबार वैशाख ७ देखि लागु भएको छ । यो योजना अन्तर्गत एनसेलका सबै ग्राहकले अब न्युनतम ६ पैसा प्रति एमबिसम्ममा डेटा सेवा लिन सक्नेछन् ।

ग्राहकले कुनै पनि समयमा चलाउन सकिने अल टाइम डेटा प्याक, बिहान ५ देखि साँझ ५ बजेसम्म प्रयोग गर्न मिल्ने डे डेटा प्याक र बेलुका ११ देखि बिहान ५ बजेसम्म प्रयोग गर्न मिल्ने नाइट डेटा प्याकमध्येबाट कुनै पनि डेटा प्याक आफ्नो आवश्यकता अनुसार जति पटक पनि खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

अल टाइम डेटा प्याक अन्तर्गत एनसेलका ग्राहकले १० रुपैयाँमा २५ एमबी, २० रुपैयाँमा ६० एमबी, एक सय रुपैयाँ मा ३०० एमबी, १ सय ५० रुपैयाँमा ६०० एमबी २ सय ५० रुपैयाँमा १ हजार २ सय एमबी डेटा खरिद गर्न सक्ने जनाएको छ ।

यसरी डे डेटा प्याक अन्तर्गत ग्राहकले न्युनतम ११ पैसा प्रति एमबीसम्मको सुलभ दरमा इन्टरनेट चलाउन सक्ने छन् नाइट डेटा प्याक लिने ग्राहकले मात्र ६ पैसा प्रतिएमबीसम्मको न्यून दरमा इन्टरनेट सेवाको प्रयोग गर्न सक्नेछन् । ३०० एमबि, ६०० एमबिर १२०० एमबि का प्याकहरुको समयावधि ३० दिन रहेको छ र २५ एमबि र ६० एमबिका प्याकको समयावधि ३ दिनको रहनेछ । एनसेलका ग्राहकले एस्ट्रिस्क १७१२३ ह्यास डायल गरि निर्देशन अनुसार आफ्नो आवश्यकता अनुसारको डेटा प्याक सुचारु गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *