मोरंगमा मतदान उत्साहजनक, ७५ प्रतिशत मत खस्ने आंकलन

मोरंग, १४ असार – स्थानिय तह निर्वाचन दोस्रो चरणको चुनाव अन्तरगत आज प्रदेश नम्बर १,५ र ७ मा भई रहेको छ । २० वर्ष देखि जनताले स्थानीय जनप्रतिनिधि बाट कुनै पनि प्रकारका सेवा लिन पाई रहेको थिएनन् । प्रदेश नम्बर १ अन्तरगत मोरंगमा पनि चुनाबी रौनक मज्जाले नै छाएको देखिन्छ ।

मोरंगको हरेक निर्वाचन केन्द्रमा आफ्नो स्थानीय जनप्रतिनिधि चुन्न पाउदा त्याहाँका जनताहरु धेरै खुसि देखिन्छन् । मोरङमा १ महानगरपालिका ९ नगरपालिका र ८ गाउपालिका रहेका छन् । २ लाख चौध हजार छ सय त्रिसट्ठी मतदाता रहेको बिराट नगरमा ७७ वर्ग किलो मिटरमा फैलिएको र १९ वटा वडाहरु रहेको छ । भारत संग सिमाना जोडिएको भएपनि अहिले सम्म कुनै प्रकारको सुरक्षा खतरा नरहेको बताईएको छ ।

मोरंगको हरेक निर्बाचन केन्द्रमा सुरक्षा व्यवस्था मजबुत बनाईएका कारण भोटिंगको माहोल उत्साहजनक रहेको र स्थानीयको उपस्थिति पनि उल्लेख्य मात्रामा रहेको छ । केरावारी लगायत अन्य केहि स्थानमा भने बाढिका कारण खोला तर्न नसकेर मतदाता अलपत्र परेका छन् । तथापि मतदान गर्ने समय बेलुका ५ बजे सम्म भएकोले मोरंगका ७५ देखि ८० प्रतिशत मत खस्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES