मोरङमा खोलाले बगाएर दुई जनाको मृत्यु

असोज ११ काठमाडौ,मोरंग जिल्लाको शनिश्चरे–९ नमुनाटोल बस्ने कथिमी झाँगडको घरनजिकै रहेको देवीस्थान खोलाले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिएका छन् ।

मोरंग जिल्लाकै सुखानी खोलाले बगाउँदा मोरङकै भौडाहाका एक वृद्धको मृत्यु भएको छ ।

भौडाहा वडा नं २ र ९ को सिमानामा पर्ने सुखानी खोला तर्नेक्रममा बगाउँदा भौडाहा–१ का ६० वर्षीय मोती मुडियारीको मृत्यु भएको हो ।

हरेक बर्ष नेपालमा बाढि पहिरो र खोलाले बगाएर हजारौको मृत्यु हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES