मोरङमा गोलि प्रहार,एक जना घाईते

माघ १२ मोरङ,मोरङको कर्सिया गाविसको कर्सिया बजारमा घनश्याम बहरदारमाथि गोली प्रहार भएको छ । जीवन विकास लघु वित्त संस्थामा काम गर्ने विराटनगर रंगेली ११ का बहरदारमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । लघुवित्तको पैसा संकलन गर्न जाने क्रममा उहाँमाथि आक्रमण भएको हो ।

तिघ्रामा गोली लागेका उहाँको विराटनगर अस्पतालमा उपचार भैरहेको छ । घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरिएको र घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *