मौलिक,ऐतिहासिक र साँस्कृतिक नेपाली फिल्म हो यारी: निर्माता प्रविन राई

parbin raiमौलिक,ऐतिहासिक र साँस्कृतिक नेपाली फिल्म हो यारी: निर्माता प्रविन राई

    हामी सबैको आ-आफ्नो संस्कार संस्कृती हुन्छ । त्यसैले यो संसारमा सबै भन्दा ठुलो जन्म दिने आमा अनि सबैभन्दा प्यारो आफ्नो संस्कार संकृति हो । यस्तै आफ्नो संस्कार संस्कृती अनि परम्परामा रमाउन चाहने नेपाली चलचित्रका निर्माता हुन् प्रविन राई । भोजपुरको दोभाने ३ मा जन्मिएर औपचारीक शिक्षा त्यही लिएर बाल्यकाल बिताएका निर्माता प्रविन राई एक गायक पनि हुन् । बसाईं सराइकै क्रममा भोजपुरको दोभाने बाट मोरंग पुगेका राईको परिवारमा तिन दाजुभाई,तिन दिदीबहिनी मध्यको आमा जसमती राई र बाबू रामध्वज राईका  कान्छा छोरा हुन् । भोजपुर बाट मोरंग सरे पनि प्रविन राईको मन मोरंगमा रहन सकेन । सायद त्यसैले होला फेरी बसाई सरे काठमाडौ तिर प्रविन राई। हुन पनि त हो, सबैको आशाको केन्द्र विन्दु बनेको छ काठमाडौ । कला र शाहित्यका पारखी प्रविन राई काठमाडौ आएर चुप रहन सकेनन् । कहिले म्युजिक भिडिको निर्माण त कहिले गायन क्षेत्रमा चलायमान भइनै रहे । यसै क्रममा भेट भयो युवराज राई, गणेश गिरी संग, अनि बन्यो नेपाली कथानक चलचित्र यारीको पुर्ण टिम । यो यारी फिल्मलाई निर्देशन गरेका छन् युवराज राईले भने निर्माता प्रविन राईलाई सघाएका छन् गणेश गिरीले । यारी शब्द विशेषत किराँती शब्द हो । यारी किराँती वान्तावा राईहरुले प्रयोग गर्छन् । बिजुवाहरुले अदुवालाई कर्द( चक्कु )ले कचुर काट्ने कामलाई नै यारी भनिन्छ । मौलिक कथावस्तुमा बनेको चलचित्रको नाम यारी भए पनि यो नेपाली पर्वते भाषामै रहेको छ । गाउँको ढुङ्गे धारो, चौतारो हाम्रो ऐतिहासिक सांस्कृतिक सम्पतीहरु हुन् । यसको संरक्षण र सम्बर्द्धन गर्नु पर्छ भन्ने विषय वस्तुलाई जोड दिइएको यारी फिल्मको छायांकन माझ किराँत र पल्लो किराँत तिरै गरिएको छ । नेपाल चलचित्र विकास वोर्ड आदिवासी प्रबर्द्धन समिति बाट सम्मान पाइसकेको चलचित्र यारी एक पटक हेर्ने पर्ने चलचित्र बनेको छ । निखिल उप्रेतीले हावामा फाइट खेलेको, सलमानले वडि देखाएको होस् या शाहरुखले हिरोनी संग काल्पनिक कथामा माया गरेको फिल्म हेरेर समय बर्बाद पार्नु भन्दा, ऐतिहासिक पृष्ठभूमीमा मौलिक कथावस्तु भएको चलचित्र यारी हेरेर केहि कुरा जान्नु अनि सिक्नु फाइदाजनक हुने छ । यारी चलचित्रका निर्माता प्रविन राई संग सूचना खबर डट कमको लागी ईन्द्र जिजीविषाले गरेको कुराकानी ।nepali move yariनेपाली चलचित्र यारीको निर्माण गर्नु भएको रहेछनी , यो कस्तो चलचित्र हो ?
यो चलचित्र मौलिक विषय वास्तुमाथी प्रकाश पारिएको नेपाली कथानक चलचित्र हो ।

चलचित्रको निर्माण गर्ने सोच कसरी आयो ?
चलचित्रको निर्माण गर्ने सोच,म सानै उमेर देखि नै चलचित्र क्षेत्र असाध्यै मन पराउने मान्छे हुँ । यो भन्दा अगाडि पनि मैले, दुई वटा फिल्म रामपुर् र द रिजन नामक भिडियो बनाइ सकेको छु । बिगत ७/८ वर्ष अगाडि देखि नै निरन्तर यही फिल्डमा संघर्ष गरि रहेको छु । यही क्रममा पछिल्लो समयमा यो यारी चलचित्रको कथावस्तु मन पर्‍यो, जो अहिलेको स्थितिमा मेल खाने समय सान्दर्भिक छ । यसैकारण यो चलचित्रको निर्माण गरियो ।

यो चलचित्रको विषयवस्तु के हो ?
यो चलचित्रको विषयवस्तु भनेको अहिलेको विकासक्रममा आधुनिक प्रवेस गर्दै गरेको विभिन्न चिज अथवा विषयले हामी किराँती आदिवासी लगायत राज्यको नै पुरानो मौलिक तथा ऐतिहासीक सांस्कृतिक चिजहरुलाई विकासका नाममा हस्तक्षेप वा लोप बनाउदै लगेको छ । यसर्थ, यी र यस्ता लोपुन्मुख संस्कार संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न हामीले कस्तो भूमिका खेल्ने भन्ने, विषय माथि यो फिल्म बनाइएको छ ।

यो चलचित्रले दिन खोजेको मूल संदेश के हो ?
यो चलचित्रले दिन खोजेको मुख्य संदेश, हामी सम्पुर्ण आदिवासी किराँती लगायत राज्यको नै पुरानो मौलिक पहिचानको कुराहरु, लोप हुदै गइरहेको छ । अझ झन् अहिलेको विकास र आधुनिकताको नाममा क्रमै संग ऐतिहासिक कला संस्कृती र सांस्कृतिक पहिचान बोकेका ठाउँ र वस्तुहरु मेटाउदै लगेका छन् । आधुनिक वस्तुहरुले धेरै भन्दा धेरै प्रभाव पारिहेको अवस्थामा विकास क्रम संगै, यी हाम्रा मौलिक ऐतिहासिक चिजहरुलाई पनि जोगाएर लानु पर्छ भन्ने हो ।

यस्तो मौलिक कथावस्तुमा आधारीत चलचित्रको अवधारणा कसरि आयो ?
मौलिक कथावस्तुमा आधारीत चलचित्रको अवधारणा कसरी आयो भन्दा, अहिलेको समय भनेको प्रतिस्पर्धाको समय हो । त्यसकारण हरेक व्याक्ती, समाज र राष्ट्रमा यो खालको लहर छ । सबैले यस्ता चिजहरुलाई माया गर्छन् र गर्नु पनि पर्छ । यदि हामीले आफ्नो भाषा,संस्कृती जस्ता पहिचानका कुराहरुलाई वेवास्ता गर्दै गयौ भने, यी कुराहरु विस्थापीत हुदै जान्छन् । लोप हुदै जादा आज यो अहिलेको स्थिती आएकोले, आज हामीमा जे जति छन् ती वस्तुहरुको संरक्षण र सम्बर्द्धन गर्नु पर्छ । आज हामीले पनि संरक्षण र सम्बर्द्धन गरेनौ भने भोलिका दिनमा झन् खतरामा परिन्छ। त्यसकारण यसको अवधारणा आएको हो ।

यो चलचित्र कहिले रिलिज हुन्छ त ?
यो चलचित्रलाई रिलिज गर्ने मिति तय भएको छैन । अहिले च्यारीटी शो गर्ने क्रममा छौं । अस्ति असोज ८ गते नेपाल चलचित्र विकास बोर्डको हलमा च्यारीटी शो गरेँ, असोज १६ गते, भोजपुरको दोभानमा शो गरेँ । भोजपुरको दोभानेमा यो चलचित्रको छायांकन पनि गरिएको हो ।त्यसपछि दशैं तिहारले गर्दा यो बिचमा त्यस्तो कुनै कार्यक्रम गरिनँ । धेरै ठाउँ बाट च्यारीटी शो को लागि मागहरु आइरहेका छन् । अझै २,४ ठाउँ च्यारीटी शो गरेर मात्रै हलको लागि सोच्ने बिचारमा छु । सायद धेरै पर नजाला ।

चलचित्रको अलावा तपाइँ के गर्नु हुन्छ ?
चलचित्रको अलावा, म चलचित्र संग संगै गीत पनि गाउँछु । आज भन्दा ६,७ वर्ष अगाडि मैले, तिमीसंग माया लाउँदा, चोटै चोट पिडा पाएँ बोलको गीत गाएँको थिएँ । यो लगायत केहि अरु गीतहरु पनि गाएँको छु । मेरो कस्मेटिक पसल पनि छ, फुर्सदमा त्यहीं काम गर्छु ।

यो चलचित्र निर्माण भइसके पछि, प्रतिक्रियाहरु कस्तो पाउँनु भएको छ ?
यो चलचित्र हेरी सकेपछि, नेपाल चलचित्र विकास बोर्डको आदिवासी जनजाति प्रबर्द्धन समितिले सम्मान गरेको छ । यो नै सबैभन्दा महत्वपुर्ण हो र यसको लागि प्रबर्द्धन बोर्डलाई धेरै धेरै धन्यबाद पनि भन्न चाहन्छु । चलचित्रको च्यारीटी शो भइसकेपछि ज-जसले हेर्नु भयो, हेर्ने दर्शकहरुले अत्यान्तै मन पराइ दिनु भएको छ । सबै तिर बाट राम्रो छ भन्ने प्रतिक्रिया आइरहेका छन् ।

अब अन्त्यमा, हाम्रो सूचना खबर डट कमका पाठकहरुकहरुलाई र चलचित्र हेर्ने दर्शकहरुलाई के भन्न चाहनु हुन्छ ?
सानो उमेर देखिनै मेरो तन-मन बाटै नेपाली चलचित्र क्षेत्रप्रती सोच,चिन्तन र उदेश्य बोकेर हिँडेको मान्छु हुँ म । बिगतमा दुईवटा म्युजिक भिडियो पनि बनाएँको छु । यो पछिल्लो समयमा ठुलो ब्यानरको सिनेमास्कोप मौलिक चलचित्र यारी लिएर यहाँहरु आझ आएको छु । यो चलचित्रलाई हेरिदिनुहोस । माया गरिदिनुहोस । राम्रो नराम्रो जे जस्तो भए पनि प्रतिक्रिया जनाइदिनुहोस । तपाइँहरुको माया अनि सुझाव सल्लाह बिना यो मेरो पाईला अपुर्ण हुने छ भन्न चाहन्छु । साथै आज मेरो केहि कुराहरु राख्ने अवसर दिनु भएकोमा सूचना खबर डट कमलाई धन्यवाद र भोलिका दिनहरुमा पनि एकापसमा यसरीनै सहकार्य गरेर अगाडि बढ्ने अनुकुल परिस्थितीको सृजनाहोस् भन्न चाहन्छु । धन्यवाद

फोटो फिचरमा प्रविन राई 13419132_286768588332485_1178459204283381646_n

prabin raii prabin-rai-1 prabin rai 3 prabin-rai-2

© copyright © 2016 www.suchanakhabar.com. All right reserved.

Leave a Reply

Your email address will not be published. Required fields are marked *