म्यादी प्रहरीको लागि ७५ वटै जिल्लामा ७५ हजार म्यादी प्रहरीको लागि जागिर खुल्यो

काठमाडौ ११ चैत्र,बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गरी सरकारले म्यादी प्रहरीमा भर्ना आहृवान गरेको छ । म्यादी प्रहरीमा ईच्छुक नेपाली नागरिकले चैत १७ गते साँझ पाँच बजे भित्र आवेदन दिनु पर्ने छ । १८ बर्ष उमेर पुरा भएको र ५४ बर्ष उमेर ननाघेको हरेक नेपाली नागरिकले आवेदन दिन सक्ने जनाईएको छ ।

म्यादी प्रहरीका लागि दरखास्त हाल्ने नागरिक कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुर नठहराएको र राजनीतिक दलको सदस्य नभएको हुनुपर्नेछ । यस्तै शारीरिक तथा मानसिक रुपले तन्दरुस्त रहेको हुनुपर्नेछ । सामान्य लेखपढ गर्न सक्नेले म्यादी प्रहरीमा भर्ना हुन सक्नेछन् । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीमा कार्यरत रही पेन्सन वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मीलाई पहिलो प्राथमिकता दिने बताइएको छ । यस्तै पूर्व वन रक्षकलाई पनि प्राथमिकतामा राखिनेछ ।

यसैगरि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलमा भर्नाको लागि आवेदन गरी शारीरिक परीक्षणमा समेत समावेश भएका प्रवेश पत्रको प्रतिलिपी पेश गर्ने व्यक्तिहरु प्रथामितामा पर्नेछन् । यस्तै विदेशमा सुरक्षाका निकायमा काम गरि सेवा निवृत्त भएका नेपाली पूर्व सुरक्षाकर्मी र विगतको संविधानसभा निर्वाचनमा म्यादी प्रहरीको रुपमा भर्ना भइ काम गरेका व्यक्तिहरुलाई पनि प्राथमिकतामा दिने नेपाल प्रहरीले जनाएको छ ।

म्यादी प्रहरीका लागि प्राप्त दरखास्तबाट चैत १९ गतेबाट २१ गतेसम्म छनौट गरिने छ र अन्तिम नतिजा चैत २२ गते प्रकाशन गर्ने बताएको छ । म्यादी प्रहरीको सेवा अविधी ५५ दिनको हुनेछ । हरेक म्यादी प्रहरीले नेपाल प्रहरीको जवानले पाए सरहको सेवा सुविधा र भत्ता बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *