यति कार्पेटको कम्पनीमा आगलागी

भक्तपुर ४ असार-  भक्तपुर नगरपालिका २ स्थित उद्योगपति अनिल केडियाद्वारा सञ्चालित यति कार्पेट इन्डस्ट्रिजमा भीषण आगलागी भएको छ।  गएराति ११ः३० बजेबाट सुरु भएको आगलागी बिहान ६:३०  बजेसम्म पनि नियन्त्रणमा नआएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।

आगलागी भएलगत्तै भक्तपुर वारुण यन्त्रलगायत उपत्यकाभित्रका आठवटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले आगो नियन्त्रणको प्रयास जारी रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *