प्रहरी महानिरीक्षक नियुक्तको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश

फागुन १ काठमाडौ,सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक नियुक्तको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

सरकारले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय गरेको थियो । अधिवक्ता कपीलदेव ढकालले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश सुशीला कार्कीले बरियताक्रम मिचेर चन्दलाई आइजीपी बनाउने निर्णय तत्काल कार्यान्वयन नगर्न/नगराउन सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिएकी हुन्।

कार्कीको एकल इजलासले अन्तरिम आदेशले निरन्तरता पाउने वा नपाउने भन्ने विषयमा अर्को सातामात्रै टुंगो लाग्नेछ। सर्वोच्चले आइजीपी नियुक्तिबारे छलफलका लागि रिट निवेदक र नेपाल सरकारलाई छलफलका लागि बोलाएको छ। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलगायत पाँचवटा कार्यालयलाई विपक्षी बनाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *