यो बाम एकता हैन,यो त जनतालाई झुक्याउन बनेको कथित बाम एकता : परि थापा

लोकराज जैशी

बर्दिया, १८ मंसिर- देजमो (देशभक्त जनगणात्रान्त्रिक मोर्चा) को बर्दियामा चुनावी सभा सम्पन्न भएको छ । बर्दियाको बाँसगढि बजारमा देजमोको चुनावीसभा सम्पन्न भएको हो ।

चुनावीसभा पश्चात देजमोले बर्दियाकै गुलरियामा पत्रकार सम्मेलन पनि गरेको थियो । पत्रकार सम्मेलनमा बोल्दै नेकपा क्रान्तिकारीका नेता परि थापाले भने ” संसदीय व्यावस्था दलालहरुको व्यवस्था भएकोले यो धेरै दिन नटिक्ने बताए । राष्ट्रियताको लागि देश बनाउन देश भक्त युवाहरु जुट्नु पर्ने बताउदै,नेपालमा राष्ट्रघात गर्नेहरुमा तत्कालिन राजा महेन्द्र र नेपाली कांग्रेस रहेको बताए । गण्डक सम्झौता र कोशी सम्झौता जस्ता सम्झौताहरु राजा महेद्र र नेपाली कांग्रेसले गरेको उनीहरुलाई देशभक्त भन्न नमिल्ने तर्क पेश गरे ।”

पत्रकार सम्मेलनमा बोल्दै नेकपा क्रान्तिकारीका नेता परि थापाले भने ” नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जनयुद्धका बेला र अहिलेमा आकाश धर्तिको फरक रहेको जिकिर गर्दै नेकपा माओवादी केन्द्र राष्ट्रघातीहरु संग बाम एकता भनेका छन्, यो दुखको कुरा हो । यो बाम एकता हैन,यो त जनतालाई झुक्याउन बनेको कथित बाम एकता भनिएको उल्लेख गरे ।”

संचार जगतलाई स्रोत उधृत गर्दै, यो देशमा नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवाको सबै भन्दा धेरै पुँजी रहेको र दोस्रो र तेस्रोमा क्रमश प्रचण्ड र केपी ओलीको सम्पति धेरै रहेको बताए । कार्यक्रममा थप उनले भने, भारतले हिजो गर्ने व्यवहार र आज गर्ने व्यवहारमा कति पनि फरक नरहेको पनि बताए ।

कार्यक्रममा देजमोका बर्दिया क्षेत्र न १ बाट देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट प्रत्यक्ष उम्मेदवार बनेका जुझारु युवा नेता लोकराज जैसीले देशलाई शान्ति समृद्धि र विकासका लागि देजमोलाई भोट दिनु पर्ने बताए । अरुपार्टिहरु धेरै पटक सरकारको नेतृत्वमा पुगेपनि नेपाली जनताहरुले चाहेको शान्ति समृद्धि र विकाश गर्न नसकेकोले अब देजमोलाई भोट दिएर जिताएमा देशले नयाँ काँचुली फेर्ने बताए । यसको लागि देशमा युवा नेतृत्वको खाँचो रहेको उल्लेख गर्दै, देश र जनताको लागि आफू जुनसुकै मुल्य चुकाउन पनि पछि नपर्ने बताए ।

यहि मंसिर २१ गते हुनगईरहेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको लागि देजमोको चुनावी अभियान बर्दियामा तिब्र गतिमा अगाडि बढि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *