यौन दुर्ब्यबहार गर्दै यौनअंग छुन खोज्ने,शारीरिक यातना दिने,दिक्तेलका एक होटल साहु र अन्य पीडकलाई अदालतले एकलाख क्षति पूर्तिको सजाय सुनायो

चिसाङ्ग शेर्पा
मंसिर २८ खोटाङ, जिल्ला अदालत खोटाङले होटलमा काम गर्ने महिला कामदार र उनकी छोरीमाथि कुटपिट तथा यौनदुव्र्यबहार गर्नमा संलग्न तीन दोषीलाई एक लाख क्षतीपूर्ती तिर्नुपर्ने सजाय तोकेको छ । दिक्तेलस्थित होटल शुभदिनमा काम गर्दैआएकी दोर्पाचिउरीडाँडाकी महिला कामदार र उनकी ३ वर्षीय छोरीमाथि कुटपिट तथा यौन दुव्र्यबहार गर्नमा दोषी ठहर भएका सञ्चालक हरिप्रसाद आचार्य र कामदार तिलक कार्कीलाई जनही १०/१० हजार तथा प्रबन्ध निर्देशक दिपनारायण रिजालका छोरालाई ५ हजार जरिवानाका साथमा एक लाख क्षतीपुर्ती तिर्नुपर्ने फैसला सुनाइएको हो ।
जिल्ला न्यायधिस शान्तीप्रसाद आचार्यको एकल ईजलासले मंसिर १६ गते तीनैजना दोषीलाई जरिवानाका साथमा पिडितको हातमा एक लाख क्षतीपुर्ती भराउनुपर्ने फैसला सुनाएको हो । नाबालक भन्दै प्रबन्ध निर्देशकका छोराको नाम गोप्य राखिएको छ । कुटपिट तथा यौनदुव्र्यबहार गरेको आरोपमा गत बैशाख २८ गते पक्राउ परेका तीनै जना धरौटी बुझाएर जेठ १७ गते रिहा भएका थिए । होटल सञ्चालक आचार्य र नावलक भनिएका किशोरले कुटपिट गरेको र यौन दुव्र्यबहार गरेको आरोप लगाउँदै पिडित महिलाले बैशाख २१ गते जिल्ला प्रहरी कार्यालयमा घाउ जाँच केश फारमकालागि निबेदन दिएपछि घट्ना सार्वजनिक भएको थियो । महिला अधिकारकर्मीका अनुशार आमाछोरीमाथि गत बैसाख १४ गते, कार्यरत होटलमा कुटपिट तथा दुव्र्यबहार भएको थियो । काठ्माण्डौं माईती भएका पिडित महिला घरेलु हिंसामा परेर घरबाट निकालिएकी महिला हुन् ।

आमाछोरीमाथि भएको कुटपिट तथा यौनदुव्र्यवहारका घट्नालाई मिलापत्रमा टुंग्याउने प्रयास भएपछि राष्ट्रिय मानव अधिकार आयोगको निर्देशनमा प्रहरीले दोषीउपर कारबाही प्रकृया अघि बढाएको हो । ‘दोषीका बिरुद्ध जाहेरी नपरेको’ भन्दै कारबाही गर्नबाट प्रहरी पन्छिरहेको अवस्थामा आयोगले घाउ जाँच केश फारमलाई फस्ट इन्फमेसन रिपोर्ट (एफआइआर) मानेर दोषी उपर किटानी जाहेरी दर्ता गरेर अनुसन्धान थाल्न निर्देशन दिएको थियो । आयोगको सोही निर्देशनपछि आरोपितहरु पक्राउ परेका थिए । मिलापत्रपछि पिडकबिरुद्ध उजुरी नपर्दा अनुसन्धान थाल्न अप्ठ्यारो भएको प्रहरीले बताएपछि आयोगले घाउ जाँच केश फारमकै आधारमा कारबाही प्रकृया थाल्न निर्देशन दिएको थियो । उद्धारपछि प्रहरी संरक्षणमा पु¥याइए पछि मात्र पिडित महिलाले दवावमा मिलापत्र गराइएको भन्दै आरोपितबिरुद्ध उजुरी दिने आँट गरेको प्रहरीले जनाएको छ । घट्ना सार्वजनिक भएको हप्ता दिनपछि मिलापत्र गराएर पिडितलाई थप पिडित बनाइएको भन्दै आयोगको टोली र प्रहरीले संयुक्तरुपमा आमाछोरीलाई दिक्तेलस्थित कुमारी चलचित्र हल नजिक रहेको डेराबाट उद्धार गरेर प्रहरीको संरक्षणमा पु¥याएको थियो ।

काठ्माण्डौं माईती भएकी पिडित महिला २०६९ साल मंसिरमा बिवाह गरेर खोटाङ आएकी हुन् । श्रीमानले छाडेपछि र परिवारबाट निकालिएपछि उनी दिक्तेलस्थित बालसेवा समाज नेर्पाको संरक्षणमा आइपुगेकी थिइन् । घरबाट विस्थापित भएपछि २०७१ साल बैसाख ६ गतेदेखि बालसेवाको संरक्षणमा रहेकी आमाछोरीलाई २०७२ माघ २३ गतेदेखि होटल शुभदिनमा ज्यालादारी कामदारकारुपमा लगिएको थियो । उनको माइतीतर्फका कोही आफन्त नभएका कारण पनि घरबाट निकालिएपछि उनी अरुको संरक्षणमा बस्न बाध्य बनेकी हुन् ।

यस्तो थियो आमाछोरीमाथिको दुव्र्यबहार
पिडितले प्रहरीलाई दिएको निबेदनमा होटलमा काम सुरु गरेको महिना दिनदेखि नै आचार्यले यौन आशयले जिस्क्याउने, सम्बेदनशिल अंग छुन प्रयास गर्ने, घरभित्र बाहिर गर्दा छुन खोज्दै हिँड्ने गरेको उल्लेख छ । यस्तै, नावालक किशोर भनिएका दोषीले संबेदनशिल अंग छुन प्रयास गर्ने, यौन प्रस्ताव राख्ने गरेको, तीन वर्ष लागेकी नाबालिका छोरीलाई चलकेट दिएर कोठामा लगेर नाङ्गो बनाएर यौनाङ्ग सुमसुम्याउने र बैसाख १४ गते यौनाङ्गमा टोकेर घाउ बनाइदिएको आरोप छ । कार्कीले भने होटलमा आएको ग्राहकको मोबाईल चोरेको आरोपमा बैसाख ११ गते राती कोठामा थुनेर कुटपिट गरेर मरणासन्न अवस्था बनाएको पिडितको भनाई छ । दुव्र्यबहारको विषयमा जानकारी भएपछि बैसाख १७ गते उनलाई महिला रक्षक सञ्जालकी अध्यक्ष पुर्णकला तामाङ, रेखा राई, निसाना राई, रश्मी रसाइली लगायतको सम्पर्कमा ल्याइएको थियो ।

कुटपिट तथा यौन दुव्र्यबहारको घट्नापछि गरिएको मिलापत्रमा आपसमा दोषारोपण नगर्ने र कतै सार्वजनिक नगर्ने, कुनै निकायमा उजुरबाजुर नगर्ने, पिडितलाई स्थापित गर्न पहल गर्ने सहमती भएको सार्वजनिक भएको थियो । आमाछोरीमाथि भएको कुटपिट र दुव्र्यबहारको घटनाको बिषयमा जिल्लाका महिला अधिकारकर्मी नै बिभाजित बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *