राजकुमारको”मैच्यांग हो मैच्यांग” गीतको म्युजिक भिडियो छायांकन सम्पन्न

माघ १८ काठमाडौ,लामो समयदेखि प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा आबद्द हुदै आएर पछिल्लो समय ”एउटा गाउँ थियो” ”निष्ठुरी भनु भने” ”तिमीलाई आफ्नो ठानु” गीतको म्युजिक भिडियो बाट निकै नै चर्चा कमाइ रहेका गीतकार अनि संगीतकार हुन् राज कुमार श्रेष्ठ ।
उनै राजकुमारको अर्को नयाँ गीत ”मैच्यांग हो मैच्यांग” गीतको म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ ।
सुगम संगीतमा पछिल्लो समय निकै नै चर्चा कमाई सकेका चर्चित मोडल सनम कठायत र मिस भ्याली अस्मिता श्रेष्ठको भिडियोमा अभिनय रहेको छ ।
राजकुमारको आफ्नै शब्द संगीत रहेको गीतमा सुमन तामांगको आवाज रहेको छ भने अहिलेका चर्चित सिनेम्यट्रोग्राफर ज्ञानेन्द्र शर्माले यो गीतको छायांकन गरेका छन् । संचारकर्मी प्रकाश धितालले यो गीतको म्युजिक भिडियोलाई निर्देशन गरेका छन् भने अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार व्यपस्थापन गर्ने छ । यसै गरि गीतमा मिलन थापाको कोरियोग्राफी रहेको छ, अहिले यो गीतको म्युजिक भिडियोको सम्पादन भईरहेको छ ।

म्युजिक भिडियोको छायांकनको केहि झलकहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *