राजपाका कार्यकर्ताले संघिय समाजवादीको कार्यालयमा गरे तोडफोड

महोतरी ३१ जेठ- राजपाका कार्यकर्ताले महोत्तरी सदरमुकाम जलेश्वरस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालयमा आक्रमण गरेका छन् ।

करिब डेढ दर्जन संख्यामा राजपा कार्यकर्ता बुधबार बिहान फोरम कार्यालय पुगेर झन्डा उखेलेर फ्याँक्नुका साथै बोर्डमा कालो पोतिदिएका थिए । बिहान फोरम कार्यालयमा कोही नभएको मौकाछोपी उनीहरुले झन्डा उखेल्ने र बोर्डमा मोबिल पोत्ने काम गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

पार्टी कार्यालयमा आक्रमणपछि संघीय समाजवादी फोरम महोत्तरी अध्यक्ष रामनरेश यादवले कडा शब्दमा विरोध जनाएका छन् । उनले भनेका छन् “फोरम कार्यालयमाथिको हर्कत लोकतन्त्रको उपहास हो, लोकतन्त्रमाथिको आक्रमण पनि हो”

Leave a Reply

Your email address will not be published.