राजपाको पकड क्षेत्रमा मतदाताहरुको भिड

रुपन्देही , १४ असार-राजपाले निर्वाचन बहिष्कार गरेपनि राजपाकै पकड मानिएका क्षेत्रमा मतदाताहरु उत्साहका साथ निर्वाचनमा सहभागी भएका छन् ।

रुपन्देहीको मर्चवार क्षेत्रमा बिहानैदेखि मतदाताहरुको लामो लाइन लागेका छन् । राजपाले निर्वाचन बहिष्कार गरेको यो क्षेत्रमा राजपाकै नेता/कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएर चुनावी प्रतिस्पर्धामा आएका छन् ।

मतदानको लागी मधेसी समुदायको उल्लेख्य उपस्थिति देखिएको छ । मधेसी समुदायको बाहुल्यता रहेको रुपन्देहीको मर्चवार क्षेत्रमा शान्तिपूर्ण रूपमा निर्वाचन भइरहेको दिपक ज्ञवालीले बुटवल बाट हिमाल खबरमा समाचार लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *