राजपा र एमालेको सहकार्य हुने संकेत

काठमाडौ १९ असार- राजपा र नेकपा एमालेको सहकार्य हुने संकेत देखिएको छ । स्थानिय तहको दोस्रो चरणको चुनावमा राजपाले विरोध गर्दा गर्दै पनि राजपाका नेता कार्यकर्ता नै चुनावमा आएपछि सत्तासिन दलप्रति महन्त ठाकुरले कांग्रेसलाई दोष दिदै एमाले संग सहकार्य गर्न ठाकुर र नेकपा एमालेको अध्यक्ष ओली बीच टेलिफोन वार्ता भएको हो । राजपाका मागलाई वेवास्था गरेर प्रधानमन्त्री शेरबहादुर देउवा स्थानिय चुनावमा गएपछि अहिले देउवाप्रति राजपाको आक्रोस बढेको छ ।

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र राजपाका संयोजक महन्त ठाकुरबीच छलफल भएको हो । टेलिफोनमा भएको वार्तामा प्रदेश नम्बरमा अब हुने चुनाव र संविधान संसोधनका विषयमा कुराकानी भएको छ । एमाले अध्यक्ष ओलीले राजपासँग सहकार्य गरेर जान एमाले तयार रहेको र संविधान संसोधनमा लचक रहेको बताएका थिए ।

अध्यक्ष ठाकुरले पनि एमालेले सहयोग गरे सहकार्य हुने बचन दिएको स्रोतले जनाएको छ । ठाकुरले आगामी साता बस्ने राजपाको अध्यक्षमण्डलको बैठकमा एमालेसँगको सहकार्यका विषयमा छलफल गर्ने ओलीलाई बचन दिएका छन् । राजपाले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्दै नयाँ सरकारको सम्भावनाबारे एमालेसँग छलफल सुरु गर्ने नेपाल पाटिले समाचार लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *