राजेश पायल राईको दर्शन नमस्ते ३ सार्वजनिक

darshan namaste 3 bikriइन्द्र जिजीबिषा-असोज ११ काठमाडौ, गायक राजेश पायल राईले ‘दर्शन नमस्ते नामक श्रृङ्खला ३ को सार्वजनिक गरेसँगै विन्धवासिनी म्युजिक कम्पनीले १५ लाखमा विक्री खरिद गरेको छ । विन्धवासिनी म्यूजिकले कार्यक्रममा गायक राईलाई चेक हस्तान्तरण गरेको थियो ।

राजधानीको नया बानेश्वरस्थित इन्द्रेणी ब्याङ्कुइटमा, आयोजना गरिएको कार्यक्रममा गायक राईका माता पिताले सार्वजनिक गरेको हो ।

गायक राईले चलचित्र, आधुनिक, पप, भोजपुरी, हिन्दी लगायतका विभिन्न भाषामा गीत गाइसकेको छन् । उनी नेपाली चलचित्रको पाश्र्व गायनदेखि आधुनिक र पप गीतमा समेत सफल मानिन्छ ।
‘दर्शन नमस्ते–३’ मा जम्मा नौवटा गीतहरु छन् । जसमा दर्शन नमस्ते, कुल्ची हिड, आई लभ यु, छैनौ त, आयो समिपै, कोही विना, लाटो रिस, कान्छाले र बाबै आराखा बोलका गीत छन् । एल्बममा महेश खड्का, हरी लम्साल, सन्तोष राज, विनोद खम्बु, राई नविन र इन्दिरा जोशीको संगीत रहेको छ भने, शब्द रचनामा महेश खड्का, रत्नशम्शेर थापा, डा. नवराज लम्साल, दिनेश अधिकारी, राम रेप्चुङ राई, नरेश भट्टराई र विनोद खम्बुको रहेको छ ।

कुल्ची हिड बोल गीतमा अभिनेता राजेश हमालले फिचरिङ दिएका छन् । यो गीत रत्नशम्शेरले २०१६ सालमै लेखेका हुन् ।कार्यक्रममा बोल्दै गीतकार रत्नशम्शेरले भने, ‘यो मैले २०१६ सालतिरै लेखेको मुक्तक हो ।’ लोकार्पित एल्बम ‘दर्शन नमस्ते–३’बारे गीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषलगायतले चर्चा गरेका थिए ।

कार्यक्रममा गायक रार्इले ‘दर्शन नमस्ते–३’ का केही गीतको डिसेम्बर पहिलो साताबाट भिडियो निर्माण थाल्ने बताए । कार्यक्रमका लागि अमेरिका जानु परेकाले एल्बमसँग भिडियो लञ्च गर्न नपाएको उनले बताए ।

२०४५ सालबाट संगीत यात्रा सुरु उनले यसअघि मुर्छना (२०५२) , पूर्वमा रङ चढेछ (०५३), जष्ट फर यू (०५४), लभ लेटर (०५५), बैगुनी रैछौ मायालु, निगाह (०५६), जदौ (०५८), कामना (२०६१), जदौ–२ (०६३), दर्शन नमस्ते (०६५), राई ईज किङ (०६६), जदौ ३ (२०६८) लगायतका एल्वम सावर्जनिक गरिसकेका छन् । यो एल्बम सार्वजनिक गरे संगै अहिले सम्मकै सर्वाधिक महँगो एल्बम पनि बनेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *