रानी पोखरी पुनर्निर्माण बाट महानगर पछि हट्ने

असोज २ काठमाडौं । काठमाडौको मुटुमा रहेको रानीपोखरी भुकम्पले ध्वस्त बनाए पछि पुनर्निर्माणको जिम्मा लिएको काठमाडौ महानगर र पुरातत्व विभागको विवाद चरमउत्कर्षमा पुगेको छ । बिबाद बढे संगै, सँगै काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणबाट हात झिक्ने तयारी गरेको छ ।ranipokhari

पुरातात्विक महत्वको रानीपोखरी पुनर्निर्माणको जिम्मा काठमाडौं महानगरपालिकाले लिएर एक ठेकेदार कम्पनीलाई ठेक्कामा दिएको थियो ।

तर, रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर पुनर्निर्माणमा रड र सिमेन्टको प्रयोग गरिएको भन्दै पुरातत्वविदहरु विरोधमा उत्रिए पछि पुरातत्व विभागले काम रोक्न पत्र काटेको थियो भने युनेस्कोले पनि चासो देखाएपछि पुनर्निर्माणको  काम नै रोकिएको छ ।

काम रोकिएपछि पुरातत्व विभागले पिल्लर हटाएर गाह्रो मात्र रहने गरी नयाँ स्टिमेट र डिजाइन महानगरपालिकालाई पठाएको छ । पुरातत्वले अहिले उठाइएको पिल्लर हटाएर नयाँ संरचना तयार गर्न एक करोडको नयाँ स्टिमेट दिएको छ ।

तर, महानगरपालिकाले  पुरातत्व विभागको यो कदम प्रति आपति जनाउदै, २२ लाखमा निर्माण भएको संरचना हटाउन १ करोडको स्टिमेट बनाए पछी आफ्नो विज्ञाताले नभ्याउने जनाउदै पुनर्निर्माण कार्य बाटै पछि हटने जनाएको छ जनाएको छ ।

महानगरपालिकाले पुनर्निर्माण गरी तिहारसम्म रानीपोखरीको मन्दिरमा मूर्ति राखिसक्ने योजना बनाएको थियो । तिहारको भाइटीकाको दिनमात्र रानीपोखरीको मन्दिर खुल्ने गर्दछ । दाजुभाइ-दिदीबहिनी नहुनेहरु रानीपोखरीको मन्दिरमा रहेको बालगोपालेश्वर महादेवको मन्दिरमा पूजा गरी टीका लगाउने प्रचलन छ ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES