राप्रपा सरकारमा जान तयार

काठमाडौ २३ असोज- राप्रपा शेरबहादुर देउवा नेतृत्वको सरकारमा जान तयार भएको छ । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा सामेल भएसँगै राप्रपाको सरकारमा जाने तयारी भएको हो ।

सत्तारुढ माओवादी केन्द्रले विपक्षी एमालेसँग चुनावी तालमेलसँगै एकता गर्ने सहमति गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पुनगर्ठनको प्रयास थालेेका छन् । यदि बहुमत पुगेमा माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्ने देउवाको तयारी छ ।

कांग्रेसले राजपा, फोरम, राप्रपासहितका ६ दलको लोकतान्त्रिक गठबन्धन बनाएको छ । गठबन्धनमा आवद्ध दलहरुलाई सरकारमा समेट्न देउवाले लगातार छलफल गर्दै आएका छन् । राप्रपाले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १० र प्रदेशसभामा ३० सिट मागेको छ । राप्रपा बैठक पुनः फेरि दिउँसो बस्ने बताईएको छ ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES