राष्ट्रपतिकी छोरी निशा कुसुमको विहे पूर्व राष्ट्रपतिका नाति अभिशेष यादवसँग

माघ २ काठमाडौं, राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशा कुसुमको विहे पूर्व राष्ट्रपति रामवरण यादवका नाति अभिशेष यादवसँग भोलि हुँदैछ ।

वैवाहिक समारोह संक्षिप्त र तडकभडकरहित बनाउन राष्ट्रपतिले निर्देशन दिएकी छन् । मधेसी र पहाडी बीच हुन लागेको यो वैवाहिक समारोह शीतल निवासको कोशी हलमा हुनेछ ।

राष्ट्रपति भण्डारी आफैं प्रार्थी भएर पठाइएको निम्तोपत्रमा कुनै पनि नगद वा जिन्सी उपहारको कष्ट नगर्न अनुरोध गरिएको छ । विवाहका निम्तालुले सुरक्षाका कारण निम्तो कार्ड लिएरै जानुपर्ने अनिवार्य गरिएको छ ।
अभिशेककी आमा किरण महोत्तरीबाट निर्वाचित कांग्रेस सांसद हुन् भने बुबा मुन्निलाल यादव इन्जिनियर हुन् ।

विवाहका लागि १२ बजे ५ मिनेटको समयमा निम्तालुलाई आउन आग्रह गरिएको छ । बुढानिलकण्ड स्कूलमा पढ्दादेखिनै अभिशेक र निशाकुसुम साथी थिए । उनीहरुबीचको प्रेम सम्बन्धलाई दुवै परिवारले स्वीकार गरेपछि भण्डारी र यादव परिवार साइनोमा जोडिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *