राष्ट्रपतीको देउरानी लक्ष्मी, उर्लाबारीको न्यायाधिश


काठमाडौ ७ साउन-मोरङको उर्लावारी ७ की ५८ बर्षिया लक्ष्मी भण्डारी उर्लाबारी नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएर उक्त्त नगरका लागि न्यायाधीश बनेकी छिन् ।

नाताले लक्ष्मी राष्ट्रपती विध्यावेबी भण्डारीको देउरानी अर्थ्यात स्वर्गीय नेता मदन भण्डारीका साहिला भाई मोहन भण्डारीको पत्नी हुन् । लक्ष्मीले अगामी एक वर्ष सम्मका लागी स्थानिय तहमा हुने झै-झगडा र झमेलाहरुमा न्यायाधीश बनेर छिनोफानो गर्नेछिन ।

स्थानीय तहको उपप्रमुख वा उपाध्यक्षलाई स्थानीय तहको न्यायिक समितिको संयोजक तोकिएको छ । न्यायिक संयोजकले आफनो तहमा भएका फौजदारी अपराध बाहेकका धेरै मुद्दाहरु हेर्ने जिम्मेवारी पाएको छ ।

लक्ष्मी दुई कार्यकाल एमाले जिल्ला कमिटीको सचिवालय सदस्यमा रहेर विभिन्न जिम्मेवारी सफलता पुर्वक सम्हालिसकेकी छन् । उनी अघिल्लो कार्यकालमा पार्टीको स्वास्थ्य विभाग हेर्थिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *