राष्ट्रपतीले आगामी निर्वाचनमा सेना परिचालन गर्न स्वीकृत

काठमाडौ ९ कातिक- राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सेना परिचालन गर्न स्वीकृत गरेकी छन् ।
निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रपति भण्डारीले सेना परिचालन गर्न स्वीकृत गरेकी हुन् ।
संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति दिइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *