राष्ट्रले मलाइ के दियो भन्दा पनि मैले राष्ट्रलाइ दिएँ भन्ने लाग्छ मलाइ : मिरा राइ

rai-mira        हिमालय पर्वत बाट सुरु भएर समुन्द्र नपुगुन्जेल निरन्तर बगि रहने नदि झै दौडी रहने अल्ट्रा धाविका हुन् मिरा राइ । जसरी नदिले झरना, छाँगा, खोच, पहाड, उच्च समस्थली हुदै विभिन्न आरोह अवरोह पार गर्छ त्यसरी नै अल्ट्रा धाविका मिरा राइले पनि आफ्नो जीवनकालमा धेरै आरोह अवरोह पार गरेकी छिन् र अझै गर्दै छिन् । भोजपुर जिल्लाको सानोदुम्मा ९ घोर्लिवनमा जन्मिएकी मिरा राइ त्यहिको वनपाखा, लेक बेसि, उकाली ओराली गर्दै आफ्नो बाल्यकाल बिताइन । ६ जना छोरिहरु मध्य ठुली छोरी हुन मिरा राइ ।खेती किसान गर्दै गाउमै पढ्दै गरेकी मिरा राइ कक्षा ६ मा पढ्दापढ्दै माओवादी जनसेनामा सहभागी बनिन् । देशमा आमुलपरिवर्तन, बर्गिय समानता र न्याय पाउने आशामा शिरमा कफन बाधेर युद्धमा होमिएकी मिरा राइलाइ शान्ति सम्झौता पछाडि अयोग्य ठहर्‍याएर निकालीयो । काम लाग्दा भाडो नलाग्दा ठाँडो भने झै मृत्युलाई सहर्ष स्वीकार गरेर युद्धमा होमिएकी मिरालाइ जनसेना बाट निकालीए पछि उनि संग कुनै विकल्प बाकी थिएन । न घरको आर्थिक स्थिति राम्रो न कुनै जागिर नै । त्यसैले उनि वैदेशिक रोजगारिको निम्ति मलेशिया जाने अन्तिम तयारी अवस्थामा रहेको बेला कराते गुरु ध्रुव बिक्रम मल्ल संग भेट भयो । गुरु ध्रुब बिक्रम मल्लकै सल्लाह र सहयोगमा उनले गेम खेल्न सुरु गरिन । त्यसरी सुरुवात गरेकी मिरा राइले फ्रान्समा सम्पन्न भएको ८० किलोमीटर मोन्ट ब्लंक म्याराथनमा च्याम्पियन बनिन् । हङकङमा सम्पन्न म्याराथनमा एसिया च्याम्पियन बनिन् । यहि सेरोफेरोमा गरिएको कुराकानी ।


१. इटालीमा के गर्दै हुनु हुन्छ ?

यहाँ म गेम खेल्न र ट्रेनिङ आएको हुँ । यहाँ म मेरो गुरुआमा tite togni संग बसि रहेको छु ।

२. तपाइले छोटो अवधिमा यति धेरै महत्त्वपूर्ण उपलब्धि र सफलता पाउनु भएको छ । यो कसरी सम्भव भयो ?

-म वैदेशिक रोजगारीको लागी मलेशिया जान लागेकी थिएँ । त्यतिबेला गुरु ध्रुव विक्रम मल्ल संग भेट भयो मेरो मलेशिया जाने भिषा रोकेर मलाइ गेम खेल्ने अवसर मिलाइ दिनु भयो । केहि समय म रंगशालामा दौडे । त्यसपछि मेरो आर्थिक अभावको कारण रोडमै दौडनु सुरु गरे । त्यसपछि , हिमालय आउटडोर फेस्टिवलको ५० किलोमीटर लामो दुरिको दौडमा सहभागी भएँ । म सानै देखी दाउरा घाँस उकालो ओरालो गरेकोले दौडनु खासै गाह्रो भएन । हङकङमा एशिया च्याम्पियन बने । फ्रान्समा ८० किलोमीटर दौडमा च्याम्पियन बन्दै नर्वे हुदै स्पेनमा वर्ल्डको नम्बर दुइ बने । मलाइ यसरी बाहिर गेम खेल्नको निम्ति बेलायती नागरिक गुरु रिचर्डबलले मेरो डकुमेन्टहरु मिलाइ दिनु भयो । मलाइ लाग्छ , मेरो संघर्ष , मेहनत र गुरुहरुको साथ सहयोगको कारणनै यो सम्भव भएको हो ।

३. गेम खेल्नु भन्दा अगाडि तपाइ माओवादी पाटिमा काम गर्नु हुन्थ्यो । त्यहा बाट तपाइलाइ किन निकाल्यो ?

-हजुर, म त्यहा केहि बर्ष काम गरे । त्यसपछि मलाइ निकाल्नु भयो । मलाइ केहि थाहा छैन । किन मलाइ निकालिएको हो । म लगायत मेरा ४,००० भन्दा बढी साथीहरूलाइ निकालियो । मेरो बिचारमा उमेर नपुगेको कारणले नै निकालेको हुनसक्छ ।

४. जनसेना बाट निकालीनु तपाइको लागी ठिक वा बेठिक , के रह्यो ?

-पहिला म केहि गर्न सकिन्छ कि भनेर पाटीमा लागे तर म त्यहा अयोग्य ठहरिए । तर न दुखी भइन । आज म फ्रीडम भएर काम गरिरहेको छु ।आज मेरा साथीहरू आर्मी क्याम्पमा छन् । उनिहरु त्यहा दिनरात सेक्युरिटी गरिरहनु भएको छ । मलाइ लाग्छ, म त्यहा बाट निकालिनु नै मेरो भाग्य खुल्नु हो । त्यसैले म खुसी नै छु । मलाइ ठिक नै लागी रहेको छ ।

५. आज मिरा राइले राष्ट्रको झण्डा विश्वमा फर्फराइ रहदा नेपाल सरकारले केहि गरेको देखिन्दैन । यसमा तपाइलाइ कस्तो लाग्छ ?

-यसको बारेमा मलाइ केहि थाहा छैन ।राष्ट्रले मलाइ के दियो भन्दा पनि मैले राष्ट्रलाइ दिएँ भन्ने लाग्छ मलाइ । म त्यसरी नै अगाडी बढी रहेकी छु । बिस्तारै राष्ट्रले पनि बुझ्छ भन्ने आश गरेकी छु । जति पनि मैले गेम खेलेर राष्ट्रको झण्डा फरफराउने अवसर पाएँ । त्यही खुसी लाग्छ । म एउटा रिमोट एरियाबाट आएकी हुँ । अहिले म मेरो गुरुको सहयोगमा इटालीमा बस्छु । काठमाडौ रहदा मेरो गुरु ध्रुब बिक्रम मल्लको सहयोगमा उहाँकै परिवार र साथीहरू संग बस्छु । मेरो आफ्नो बस्ने ठाँउ छैन । नेपाल सरकारले मेरो निम्ति बस्ने ठाँउको व्यबस्था गरिदिए हुन्थ्यो जस्तो लाग्छ ।

६. तपाइ नयाँ नयाँ ठाउँमा नयाँ नयाँ कीर्तिमान बनाउदै दौडिरहनु भएको छ । यसरी दौडदा ,तपाइको मनमा के सोचाइ आउछ ?

-हाहाहा,एकदम राम्रो प्रश्न गर्नु भयो । म जति पनि गेमहरुमा भाग लिन्छु , त्यसरी भाग लिदा छुट्टै एक प्रकारको खुसी लाग्छ । मेरो लागी यो अवसर हो मैले दौडिनु पर्छ । जसरी पनि मैले जित्नु पर्छ । म हार्नु भनेको मेरो नेपाल हार्नु हो । मैले देशकै निम्ति भए पनि जित्नु पर्छ भन्ने मनमा आउछ । आज म यसरी दौडी रहेको छु । तर भोली म पछाडि दौडिने भाइबहिनीहरुले सरल र सुबिधा सम्पन्न तरिकाले दौडिनु पाओस । भन्ने सोचाइ पनि आउछ । मैले दौडिदा लामोदुरिमा चेक प्वँइनटहरु हुन्छन् । त्यहा खानेकुराहरु राखेको हुन्छ । खानेकुराहरु खादै , सपोर्टरहरु बाटोको दायाँबायाँ बसेका हुन्छन् । उनिहरु संग बोल्दै । थपडी बजाउदै , हेल्लो हाइ गर्दै मज्जाले रिल्याक्स तरिकाले दौडिन्छु ।

७. तपाइ दौडिनुको निमित्त , देश बिदेश जानु हुन्छ । त्यसरी गेम खेल्न आफ्नै खर्चमा जानु हुन्छ कि , सरकारले पनि सहयोग गर्छ ?

-सुरुमा बेलायती नागरिक गुरु रिचार्डबलले धेरै सहयोग गर्नु भयो । त्यसपछि सलोमन स्पोर्ट टिम बाट सहयोग पाएकी छु । सुरुमा दौडदा प्रयोग हुने जुता, कपडा र टिकट सहयोग पाएँ । अहिले सलोमन स्पोर्ट टिमको सहयोगमा खेली रहेकी छु । कान्तिपुर/ इ-कान्तिपुर बाट महिनाको २५ हजारको दरले सहयोग पाइरहेकी छु । अहिले यहा इटालीमा पनि tite togni गुरुले खाने बस्ने व्यबस्था गरि दिनु भएको छ ।

८. अन्तमा , नेपाल सरकार संग तपाइको आफ्नो केहि गुनासोहरु छन् की ?

-नेपाल सरकारले खेलकुदलाइ प्राथमिकतामा राखेर , खेलाडीहरुलाइ खेल खेल्न सरल वातावरण मिलाइ दिए हुन्थ्यो । मेरो ब्यक्तिगत कुरा चाही म आज अरुको सहयोगमा बसिरहेको छु । त्यो चाही यदि सम्भव हुन्छ भने सरकारले मलाइ बस्ने बस्ने ठाँउ मिलाइ दिए हुन्थ्यो । आज म मेरो गुरु ध्रुब बिक्रम मल्लको सहयोगमा बस्छु । सरकारले मलाइ एउटा बस्ने व्यबस्था गरि दिए खुसी हुन्थे ।

  प्रस्तुतिः इन्द्र जिजीविषा

interview with mira raimira-rai

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES