राष्ट्रिय वाणिज्य बैंकले एक वर्षमा दुई लाख नयाँ खाता खोल्ने

माघ ६ काठमाडौ,राष्ट्रिय वाणिज्य बैंकले एक वर्षमा दुई लाख नयाँ खाता खोल्ने घोषणा गरेको छ । बैंकले आफ्नो ५२ औं वार्षिकोत्सवको अवसर पारेर एक व्यक्ति एक बैंक खाता अभियान सुरु गरी एक बर्षमा दुई लाख खाता खोल्ने घोषणा गरेको हो ।

बिहीबार बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले देशभरका १ सय ७१ वटै शाखा कार्यालय परिचालन गरी एक वर्षमा दुई लाख खाता खोल्ने जानकारी दिए ।

बैकले आफनो सेवालाई प्रभावकारी बनाउन १ सय ७१ वटा शाखा कार्यालय, ९० वटा एटिएम, १७ स्थानमा एक्सटेन्सन काउन्टर, ७५ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालन गर्दै आएको छ ।

एटिएम सेवालाई भरपर्दो र विश्वसनीय बनाउन चिफ बेस्ट डेबिट कार्ड संचालनमा ल्याउने तयारी पनि गरेको छ । बैंकले शैक्षिक कर्जा, घर निर्माण, गाडी खरिद जस्ता उपभोग्य बस्तुहरुमा पनि कर्जा प्रवाह गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *