राष्ट्र बैंकले १८ अर्ब रुपैयाँको ट्रेजरी बिक्री गर्ने

काठमाडौं, ७ पुुस – नेपल राष्ट्र बैंकले आगामी आईतबार पुुन १८ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोल कवोलको माध्यमद्धारा उक्त परिमाणमा ट्रेजरी बिक्री गर्न लागेको हो ।

पुुस ११ गते जारी मिती तोकिएको उक्त ट्रेजरी खरिदको लागि आईतबार अपरान्ह दुुई बजेसम्म आवेदन दिनुु पर्ने छ । बिक्री गरिने ट्रेजरी मध्येमा २८ दिने अवधिको दुुई अर्ब, ९१ दिने अवधिको नौ अर्ब, एक सय ८२ दिने अवधिको पाँच अर्ब र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपैयाँ रहेको छ ।

यसमध्ये २८ दिने अवधिको परिपक्व हुुने मिती २०७४ माघ १८ गते र ९१ दिने अवधिको परिपक्व हुुने मिती २०७४ चैत १३ गते तोकिएको छ । यसैगरी एक सय ८२ दिने र तीन सय ६४ दिने अवधिको परिपक्व हुुने मिती पनि क्रमश २०७५ असार १२ गते र २०७५ पुस १० गते तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *