रियल मड्रिडले स्पानियोलाई हरायो

असोज ३ काठमाडौं । स्पेनिस  लिग फुटबलमा रियल मड्रिडले स्पानियोलाई हराउदै , माथिल्लो डिभिजनमा लगातार १६ जितको बार्सिलोनाको रेकर्डसँग बराबरी बनाएको छ  ।real madriad

क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेल बिनानै  रियल मड्रिडले आइतबार राति भएको खेलमा स्पानियोललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

स्पानियोलको घरेलु मैदानमा भएको खेलमा रियलले पहिलो हाफको अन्तिम मिनेटमा जेम्स रोडि्रग्वेजको गोलबाट अग्रता लिएको थियो । ७१ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै जित सुनिश्चित गरेका हुन् ।

रियल मड्रिडको यो सिजन चार खेलमा चौथो जित हो बाट १२ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको समान खेलबाट ९ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *