रेणु दाहाललाई फेसबुकमा जताभावी गालि गर्ने देवी ज्ञवालीका छोरा पक्राउ

काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरा निरब ज्ञवालीलाई फेसबुकमा गाली गलौज गरेको आरोपमा प्रहरीले भर्खरै राजधानीबाट पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिकाको माओवादी केन्द्रबाट मेयरको उम्मेदवार रेणु दाहाललाई फेसबुक मार्फत गाली गलौज गरेको भन्ने उनको किटानी उजुरीका आधारमा निरभलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

कसरी पक्राउ परे निरभ ?

आफ्नो व्यक्तिगत काममा काठमाडौंमा रहेका निरब राजधानीको पुतलीसडक क्षेत्रमा रहेका थिए । रेणुले यस अघि (निर्वाचनको समयमा) फेसबुक मार्फत आफ्नो मान हानी हुने कुरा सार्बजनिक गरेको भन्दै प्रहरीमा न्यायाका लागि उजुरी दिएकी थिइन ।

निरबलाई त्यहि उजुरीका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको थियो । त्यहि क्रममा प्रहरी खोजीमा रहेका निरभ पुतली सडकमा रहेको सूचना पाएपछि प्रहरीको विशेष टोलीद्धारा समातिएका हुन ।

महानगरीय प्रहरी परिसर काठमाडौका एसपी छविलाल जोशीले हरपल नेपाल डटकमसँगको कुराकानीमा उनलाई कुनै आग्रह, पूर्वआग्रह वा राजनीति हिसाबले नभई उनी माथिको मुद्धाका आधारमा थप अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

एसपी जोशीले निरभलाई अहिले महानगरीय प्रहरी परिसर काठमाडौमा राखेर अनुसन्धान थालिएको बताएका छन । प्रहरीका अनुसार उनीमाथि साइबर अपराधको मुद्धा चलाउने तयारी भइरहेको छ ।

आसन्न नर्वाचनमा यसले कस्तो असर पार्ला ? के भन्छन एमाले नेताहरु ?

निर्वाचनको मुखमै आफ्ना उम्मेदवारका छोरालाई पक्राउ गरिएको घटनालाई एमालेले नियोजित र राजनीति पूर्वग्रह संज्ञा दिएको छ ।

एक महिना अघि भएको घटनाको आरोपमा निर्वाचनकै मिति कुरेर पक्राउ गरिनुले सुरक्षा व्यवस्था र प्रहरीको कार्यशैलीमा राजनीति प्रभाव प्रष्ट देखिएको एमाले नेताहरुको आरोप छ ।

भरतपुरको १९ नम्बर वडामा गत मंगलबार सर्वदलीय बैठकले २० साउनमा निर्वाचन गर्ने घोषणा गरेको भोलिपल्ट एमाले उम्मेदवार ज्ञवालीका छोरा पक्राउ परेका हुन ।

पूर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालले उक्त घटना राजनीतिक कारणले गराइएको आरोप लगाए । हरपल नेपालसँग कुराकानी गर्दै उनले सुरक्षा निकायहरु स्वतन्त्र भएर काम गर्नु पर्नेमा जोड दिए ।

त्यसैगरी एमाले सचिव प्रदिप ज्ञवालीले बीस गते हुने चुनावलाई प्रभावित पार्ने नियतले उनलाई पक्राउ गरिएको आरोप लगाए ।

हरपलसँगको कुराकानीमा ज्ञवालीले भने–‘महिना दिन अघिको कुरालाई लिएर निर्वाचनकै मुखमा पक्राउ गर्नु नियोजित घटना हो भन्ने लाग्छ । यसले निर्वाचनलाई प्रभावित पार्ने देखिन्छ ।’

नेता ज्ञवालीले राजनीतिक आग्रह, पूर्वआग्रह छाडेर पहिले स्वतन्त्र ढङ्गले निर्वाचन सम्पन्न गर्नु पर्नेमा सरकारले विभिन्न बहानामा एमालेका मानिसहरुलाई पक्राउ गर्नुले उहाँहरु निष्पक्ष निर्वाचनको पक्षमा हुनुहुन्न भन्ने संकेत गरेको बताएका छन ।

निर्वाचनकै मुखमा प्रतिपक्षी दलका उम्मेदवारका छोरा पक्राउ परेपछि यसले नयाँ राजनीतिक तरंग ल्याउने र निर्वाचनमा प्रभाव पार्ने अनुमान गरिएको समाचार हरपल नेपाल डटकमले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *